प्रमुख दलहरुले नै अायाेगलार्इ बुझाए नक्कली सूची

काठमाडौं, ३० असोज । प्रक्रिया पूरा गर्ने गरी दलहरुले आइतबार राति अबेरसम्म समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिक निर्वाचनको लागि ५५ दलले बन्दसूची अायोगमा बुझाएका छन् ।

विशेष गरी नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपालगायतका दलहरुले उम्मेदवारको अन्तिम टुंगो नलाएरै बन्दूसीच पेश गरेका छन् । निर्वाचन आयोगले तोकेको समयसीमा भित्र बुझाउनै पर्ने भएका कारण दलहरुले बुझाएको बन्दसूची हेरफेर हुने छ । आयोगले तोकेको विलेका पाँच बजेसम्म हतार हतार ठूला दलहरुले प्रक्रिया पूरा गर्न पत्र बुझाए र केहीले टोकन लिए । नेपाली काँग्रेसले पाँच बजे टोकन लिएर ७ बजे मात्र बन्दसूची बुझाएको थियो ।

ठूला दलहरुले अहिले बुझाएको बन्दसूची अन्तिम होइन, तिहारपछि सच्याउनु गरी सूची बुझाएका छन् । यो व्यवस्था निर्वाचन आयोगले नै गरिदिएको छ । कात्तिक १५ गतेसम्म सूचीमा थप्ने र हटाउने क्रम जारी रहनेछ । यसअघि कात्तिक ५ गतेसम्मलाई भनेको थियो ।

निर्वाचन आयोगले अन्तिम नामावली कात्तिक १७ गते सार्वजनिक गर्नेछ । यसमा पनि दाबी विरोधको लागि समय छुट्याइएको छ । कात्तिक १८ देखि २४ गतेसम्म दाबी विरोध गर्नछन् । यसमा २५ कात्तिकदेखि १ मंसिरसम्म आयोगले छानविन गर्नेछ र मंसिर २ गते हटाइएका उम्मेदवारहरुको सूचना प्रकाशति गर्नेछ ।

मंसिर २ गतेसम्म अहिले पेश गरेका नाममा कसैले ढुक्क हुन सक्ने अवस्था छैन । कतिपयले त यो सूचीलाई नक्कली समेत भनेका छन् ।

Loading...