गृहमन्त्री जनार्दनलार्इ विप्लवकाे चेतावनी दिँदै पत्र

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टीले गिरफ्तार नेता-कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर फसाउन खोजेको भन्दै गृहमन्त्री प्रभाकरलाई कडा चेतावनी दिएको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गर्दै गिरफ्तार नेता-कार्यकर्ताहरुलाई रिहा नगरे परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । ‘हाम्रो पार्टी देउवा सरकार र जनार्दन गृह प्रशासनलाई के चेतावनी दिन्छ देश, जनता, क्रान्ति र परिवर्तनको परिवर्तनको निम्ति संघर्षरत पार्टीका नेता, कार्यकर्तालाई झुठा मुद्दामा फसाएर दमन गर्ने मुर्खता नगरियोस् । यसको परिणाम राम्रो हुने छैन’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले सरकारले बिनाकारण गिरफ्तार गरिएका आफ्ना पार्टी नेता–कार्यकर्तालाई रिहा नगरिए परिणाम राम्रो नुहने देउवा सरकारलाई चेतावनी दिएको छ ।

पार्टीका दर्जनौं नेता–कार्यकर्तालाई बिना कारण गिरफ्तार गरी अहिलेपनि चरम यातना दिइरहेको र झुठा मुद्दामा फसाउने षडयन्त्र देउवा सरकारले गरिरहेको भन्दै आक्रोश बन्दीहरुलाई बिनासर्त तुरुन्त रिहा गर्न नेकपाले माग गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं मेची ब्यूरो इन्चार्ज सुमन, कोशी ब्यूरो सदस्य इन्दिरा मिश्र, झापा सेक्रेटरी तारा थापा, पार्टी केन्द्रीय सदस्य एवं जनकपुर ब्यूरो इन्चार्ज सन्देशलाई खरखजानामा झुठा मुद्दामा सरकारले फसाएको विज्ञप्तिमा प्रवक्ता प्रकाण्डले उल्लेख गरेका छन् ।

त्यसैगरी मोरङ जिल्ला पार्टीका दिप आचार्य, नवराज नेपाल, गणेश निरौला र किरण नेपाललाई अझै हिरासतभित्रै चरम यातना दिइराखेको उल्लेख छ । रोल्पाका सहिद सेते ओलीका छोरा बिरबहादुर ओलीलाई झुठा मुद्दामा फसाएको र झापाबाट रिहापछि गिरफ्तार गरी तारा थापा ‘प्रशान्त’ र दिलिप थापालाई रौतहट पुर्‍याएर झुठा मुद्दा लगाई जेलमा हालेको, खोटाङमा १ जना र उदयपुरमा २ जना कार्यकर्तालाई थुनामा राखी चरम यातना दिइएको भन्दै प्रकाण्डले आपत्ति जनाएका छन् ।

बन्दी बनाइएका सम्पूर्ण नेता कार्यकर्तालाई बिनासर्त तुरुन्त रिहा नगरिए असार २७ गते नेपाल बन्द गर्ने चेतावनी समेत दिइएको छ

 

Loading...