राष्ट्रपति विद्यादेवी भण्डारीसँग यति धेरै किन डराएका थिए प्रधानमन्त्री देउवा

काठमाडाैं, २८ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग यसपटक निकै डराएकाे खुलासा भएकाे छ । प्रम देउवा राष्ट्रपति भण्डारीसँग यति धेरै किन रिसाएका थिए भन्ने प्रष्ट त भइसकेकाे छैन तर पछिल्ला केही दिनयता राष्ट्रपतिसँग उनी निकै डराएका थिए भन्ने कुरा भने थाहा हुन अाएकाे छ ।

प्रम देउवा राष्ट्रपतिसँग डराएकाे कुरा शनिवार सकिएकाे व्यवस्थापिका संसदकाे अन्तिम बैठकमा उनले बाेलेकाे कुराबाटै थाहा भयाे । उनले अाफ्नाे सम्वाेधनका क्रममा पटक पटक राष्ट्रपति भण्डारीलार्इ धन्यवाद दिए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निकै धेरै जाेड गर्दा पनि त्यही पार्टीबाट राष्ट्रपति बनेकी भण्डारी भने नउचालिएकाे भन्दै प्रम देउवाले राष्ट्रपति भण्डारीलार्इ धन्यवाद पनि दिए । उनले राष्ट्रपतिकाे निकै प्रशंसा समेत गरे । साथै उनले विपक्षी दलप्रति भने निकै धेरै अाशङ्का व्यक्त गरिरहे ।

नेपालमा सशस्त्र द्वन्द्वका क्रममा शेरबहादुर देउवाले २०५८ सालमा राजाकाे उक्साहटमा संसद विघटन गरेका थिए । त्यतिबेला राजाकाे शिकार भएकाले अहिलेसम्म पनि त्यसकाे डर उनमा रहेकाे देखियाे । प्रतिपक्षी दलकाे मात्र नभर्इ सत्ता साझेदार दलसँगै सहमति नगरेर जवरजस्ती मन्त्री परिषद अन्तिममा अाएर विस्तार गरेका प्रम देउवालार्इ याे कदममा राष्ट्रपति भण्डारी बाधक बन्ने वा उनले अवराेध गर्ने ठूलाे अाशङ्का रहेछ । स्राेतका अनुसार उनले मन्त्रिपरिषद विस्तार गरेपछि राष्ट्रपतिले शुक्रबार सुरुमा अन्य दलसँगसमेत सहमति जुटाउन गरेकाे अाग्रहलार्इ त्यही सङ्केतका रुपमा समेत बुझेकाे देखियाे ।

शनिवार संसदकाे बैठकमा बाेल्दै प्रम देउवाले विपक्षीले निकै जाेडबल गरेर उचाल्न खाेज्दा पनि राष्ट्रपति भण्डारी नउचालिएकाे भन्दै पटक पटक धन्यवाद दिए । उनले राजा संवैधानिक नहुने तर, राष्ट्रपति संवैधानिक भएको भन्दै उनीप्रति धन्यवाद दिए । उनले भने, ‘राष्ट्रपति उचाल्दा उचालिनु भएन उहाँ संवैधानिक राष्ट्रपति बन्नुभयो । उहाँलाई सम्मान र धन्यवाद छ ।’

साे क्रममा प्रतिपक्षी दलका नेता केपी ओलीले सरकार विस्तारबारे गरेकाे प्रश्नमाथि प्रतिप्रश्न गर्दै देउवाले भने, ‘संविधानमा दिएको अधिकार प्रधानमन्त्रीले उपयोग गर्न नपाउने ? यस्ता कुरा विपक्षी नेताले बोल्न मिल्दैन ।’ उनले अझै थपे, ‘दुर्इ नम्बर चुनाव अघि पनि सरकार घटबढ भएको थियो । त्यो बेला केही बोल्नु भएन अहिले किन बोल्नु पर्यो ? आचारसंहिता उलंघन भयो भन्ने भयो, निर्वाचन आयोगका प्रमुखले फरक पर्दैन भन्नुभयो । हिजो संवैधानिक राजा उचाल्दा उचालिन्थे । तर, राष्ट्रपतिज्यू संवैधानिक भएर बस्नुभयो । उहाँ उचाल्दा उचालिनु भएन । यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

 

Loading...