कुनै हालतमा पनि चुनाव जित्ने सपना साकार पार्न सरकार नछोड्ने निर्णयमा प्रचण्ड

काठमाडाैं, २८ असाेज । सरकारबाट हट्दा चुनाव अनिश्चित हुने तर्क गर्दै नेकपा (माअाेवादी केन्द्र)ले सरकारबाट तत्काल नहट्ने निर्णय गरेकाे छ । राजधानीमा माअाेवादी केन्द्रका शीर्ष नेताहरुकाे शनिबार बिहान बसेकाे बैठकले याे निर्णय गरेकाे हाे ।

माअाेवादी केन्द्रले सरकारबाट हट्दा देशमा अस्थिरता उत्पन्न हुने निष्कर्ष निकालेकाे छ । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । मंसिरमा घाेषणा भएकाे प्रदेश र सङ्घकाे निर्वाचनमा नेकपा (एमाले)सँग गठबन्धन गर्ने माअाेवादी केन्द्रले निर्णय गरेसँगै याे सरकारकाे भविष्यमाथि प्रश्न उठेकाे थियाे । सरकारकाे मुख्य गठबन्धन दलले प्रुमख प्रतिपक्षी दलसँग तालमेल गरेपछि कांग्रेसले यसलार्इ असहज रुपमा लिने र सरकार गठबन्धन भत्किने विश्लेषण गरिएकाे थियाे । साथै दुबै दलले नैतिकताका अाधारमा सरकारबाट अलग हुने चरअनुमान पनि गरिएकाे थियाे ।

तर, त्यस विपरित न त सरकारबाट माअाेवादी केन्द्र बाहिरियाे न त प्रमले नै नैतिकताका अाधारमा राजीनामा दिएर सरकार अर्काे बहुमत सिद्ध गर्ने प्रयत्न तिर गए । देउवाले खाली केही दलकाे साथ लिनुवाहेक माकेलार्इ सरकारबाट हट्न बाध्य पारिरहेका छैनन ।

देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सहभागी गराएपछिकाे राजनीतिक परिस्थितिबारे छलफल गर्न माअाेवादी केन्द्रले अाज बैठक बसालेकाे थियाे । बैठकमा अध्यक्ष प्रचण्डले पछिल्ला विकसित राजनीतिक परिस्थितिबारे जानकारी गराएकाे स्राेतले जनाएकाे छ । साथै उनले जसरी पनि निर्वाचन जित्नुपर्ने भएकाेले त्यसलार्इ ध्यान दिएर निर्णय लिनपर्नेमा जाेड दिएका थिए । बैठकमा केही नेताहरुले याे अवस्थामा सरकारमा बसिरहँदा पार्टीलार्इ फाइदा नहुने जाेड पनि गरेका थिए ।

बैठकले प्रधानमन्त्री देउवाले राप्रपा ८ जनालाई मन्त्रीमा नियुक्त गर्नु निर्वाचन आचारसंहिता विपरित भएको निष्कर्ष पनि निकालेको छ। यस कुरामा एमालेले पनि अापत्ती जनाइसकेकाे छ ।सरकार विस्तार र देउवाका अन्य गतिविधिबारे केपी अाेली र प्रचण्डका कुरा मिलेकाे छ । अहिले दुबै नेता र दल देउवाका गतिविधिमाथि मिलेर प्रश्न उठाइरहेका छन् । केही अघिसम्म केपी प्रचण्डलार्इ कुनै पनि कुराकाे विश्वास नभएका अस्थिर र अवसरवादी नेता हुन भन्थे । तर, अहिले कहिल्यै मिल्दैन नसक्ने कल्पना गरिएका केपी र पिके एक ठाउँमा अाएका छन् । चुनावी गठबन्धनकाे कुरामा मात्र हाेइन< उनीहरु पार्टी नै एउटै बनाउन तयार भएका छन् । यसले नेपालकाे अन्याैलतापूर्ण राजनीतिकाे फेरि पुष्टि भएकाे छ ।

 

Loading...