मेलम्ची ल्याउन नसकेपछि राजधानीवासीलाई बाग्मतीकै पानी खुवाउने तयारीमा सरकार

काठमाडाैं, २३ असार । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् ।

सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो ।

आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो भएको छ । सिन्धु–ग्याल्थुम सुरुङखण्डमा भूमिगत पानी मिसिएको कमजोर चट्टान भेटिएकाले हाल दैनिक १७ मिटरमात्र काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रामचन्द्र देवकोटाले बताएका छन । उनले यस्ताे कठिन भाैगर्भिक स्थिति भेटिएका कारण कामदारलार्इ काम गराउन नै समस्या अाएकाे बताएका छन् । उनले कामदारकाे सुरक्षाकाे चुनाैती अाएकाे भन्दै काम लगाउन पनि समस्या भएकाे बताए ।

अहिले सिन्धुबाट ग्याल्थुमतिर र ग्याल्थुमबाट सिन्धु र मुहानतिर गरी चार ठाउँबाट सुरुङ बनाउने काम भइरहेकाे छ । २७.५ किलाेमिटर सुरुङमध्ये अहिलेसम्म २५ किलाेमिटर सुरुङ बनाउने सम्पन्न भइसकेकाे छ । बाँकी २.५ किमि सुरुङमात्र अब बनाउन बाँकी छ ।

Loading...