पुर्व कुमारीबाट नव बर्ष नेपाल संम्बत् ११३८ को उपलक्ष्यमा चाँदीको सिक्का सार्वोजनिक

                                                                                                                                                                               आश्विन २८ ,काठमाडौँ /  नेपालको मौलिक नयाँ सम्बत ११३८ को उपलक्ष्यमा बौद्ध शिक्ष्या तथा लिपि विद पण्डित स्व. हेमराज शाक्यको चित्र अंकित चादीको सिक्का निस्कासन गरिएको छ ।

भिन्तुना गुठीले प्रत्येक बर्ष नेपल सम्बतको उपलक्ष्यमा झैँ निरन्तरता दिदै यो बर्षको दसौ पटक सिक्का निस्कासन गरेको हो ।बि.स १९८४ सालमा पाटनको थैना टोलमा बाबु पुण्य रत्न शाक्य ,माता अष्ट माया शाक्यको कोखाबता जन्मिनुभएका शाक्य ललितपुरको प्रशिद्द महाबौद्ध (बोधी मण्डप विहार ) निर्माण कर्ता अभयराज शाक्यका सन्तति पण्डित हेमराज शाक्यको नेपाल भाषा ,लिपि ,बौद्ध आदि क्षेत्रमा ठुलो योगदान दिएका थिए । शाक्यले बौद्ध विद्यामा अध्यन ,लेखन ,आचरण गरि सम्पूर्ण जीवन समर्पित गरेका थिए ।प्राचिन लिपिका ज्ञाता शाक्यले गुरु धर्मादित्य धर्माचार्यबात बौद्ध शिक्ष्या ज्ञान प्राप्त गरि लिपि विशेषज्ञ भइ विशेष कलात्मक शैलीमा रञ्जना लिपिमा २००८ मा लेखमा उत्कृष्टता हासिल गरेका थिए ।

शनिबार काठमाडौँको भोटाहिटी स्थित दगुबहा: मा पुर्व कुमारी मतिना शाक्य बात सिक्का सार्वोजनिक गरिएको छ । १५ ग्राम उक्त चाँदी सिक्काको मुल्य चौध सय तोकिएको भिन्तुना गुठिका संयोजक गोपाल कृष्णले बताउनु भएको छ । 

Loading...