अपराध अनुसन्धानमा नयाँ प्रविधि प्रयाेग गर्न प्रहरीलाई आग्रह

हेटौँडा, २८ असोज । ६२ औँ प्रहरी दिवसका उपलक्ष्यमा प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाद्वारा हेटौँडा उपमहानगरपालिका–११ थाना भञ्ज्याङमा आयोजित कार्यक्रममा अमर शहीद प्रहरीको स्मारकमा पुष्पगुच्छा चढाई आज श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासक पाण्डेले निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न र बढी मतदातालाई सहभागी गराउन नेपाल प्रहरीले अथक प्रयास गर्नुपर्नेमा जोड दिँदै समाजमा बढ्दो अपराध नियन्त्रण र अनुसन्धान गर्नका लागि नयाँ प्रविधिबाट अघि बढ्न प्रहरीलाई आग्रह गरे ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले नेपाल प्रहरीका अधिकृत र जवानले जिम्मेवार भई पदीय मर्यादाअनुरुप जनताको जीउ धनको सुरक्षा गर्नाका साथै विकास निर्माणका काममा पनि थप सुरक्षा पु¥याउने चुनौती रहेको बताए ।

अतिरिक्त प्रहरी महानिरीक्षक केशरीराज घिमिरेले मध्यमाञ्चलका १९ जिल्लामध्ये काठमाडौँ उपत्यका छाडेर १६ जिल्लामा अपराधको अनुसन्धान र नियन्त्रण गर्नाका साथै ती क्षेत्रका जनतालाई शान्ति सुरक्षा पु¥याउन र तराईका सीमा क्षेत्रमा हुने बढ्दो अपराध नियन्त्रण गर्न प्रहरी सक्षम रहेको बताए ।

Loading...