सिंहदरवारभित्रै विद्यार्थीले शिक्षामन्त्रीलार्इ एक घन्टा थुने

काठमाडौं, २७ असाेज । शिक्षा एेनकाे नवाैं संशाेधन २०७४ काे विराेधमा उत्रिएका विद्यार्थीहरुले अाज उपप्रधान तथा शिक्षामन्त्रीलार्इ सिंहदरवारभित्रै एक घन्टा कार्यकक्षमा थुनेका छन् ।

संयुक्त विद्यार्थी संगठनले थालेकाे अान्दाेलनका क्रममा अाज सिंहदवार पुगेका विद्यार्थीहरुले शिक्षामन्त्री गाेपालमान श्रेष्ठलार्इ कार्यकक्षबाट बाहिर निस्कनै नदिएर एक घन्टा थुनेका हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंह र महासचिव दिपेन्द्र चलाउने, अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अनेरास्ववियु पाँचाैका अध्यक्ष घनश्याम मिश्र, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गाैतम, अनेरास्ववियुका अध्यक्ष विमल पाेखरेल लगायतका विद्यार्थी नेता तथा कार्यकर्ताहरु मन्त्रालयमा पुगेका थिए । मन्त्रीलार्इ कार्यकक्षमै थुनेर बाहिर विद्यार्थीहरुले एकघन्टासम्म नारावाजी पनि गरेका थिए ।

अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले शिक्षामन्त्रीको गलत निर्णयका कारण विद्यालय शिक्षा र प्राविधिक शिक्षालय ध्वस्त हुने अवस्थामा पुगेकाे बताए । उनले मन्त्रालयले निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने बताए । उनले मन्त्रीले सीटिइभीटीमा आर्थिक प्रलोभनमा परेर कलेजहरुलाई सम्बन्धन दिएकाे बताए । अस्थायी शिक्षकलार्इ आन्तरिक प्रतिस्पर्धाको नाममा गलत तरिकाले स्थायी गर्न खोजेकाे लगायतका विषयमा अाफूहरु अान्दाेलनमा उत्रेेकाे उनकाे भनार्इ छ ।

विद्यार्थी संगठनले संयुक्त वैठक बसेर विहिबार शिक्षामन्त्रीलाई सार्वजनिक वहिष्कार गर्ने निर्णय गरेका थिए। उक्त निर्णय पनि जानकारी गराउने अाफूहरु मन्त्रालयमा गएकाे सिंहकाे भनाइ थियाे । मन्त्री श्रेष्ठले विद्यार्थीहरुलार्इ समय दिएरै उनीहरु मन्त्रालयमा पुगेका थिए । मन्त्रालयमा भेटन बाेलाए पनि अन्तिममा भेटन नमानेपछि विद्यार्थीहरुले मन्त्रीकाे कार्यकक्ष बाहिर ढाेकामै बसेर नारावाजी गर्दै धर्ना दिएका हुन् ।

मन्त्रीलार्इ कालाेमाेसाे दल्ने हल्ला

विद्यार्थीहरु मन्त्रालयमा पुग्ने बित्तिकै कालाेमाेसाेकाे हल्ला चलेकाे थियाे । विद्यार्थीले मन्त्रीलार्इ कालाेमाेसाे नै दल्ने तयारी गरेका छन भन्ने सुनेपछि भेटन बाेलाएका मन्त्रीले भेट्नै दिएनन् । मन्त्रीले विद्यार्थीलार्इ भित्र छिर्न नदिन कर्मचारीलार्इ निर्देशन दिएपछि अाफूहरुले कार्यकक्ष बाहिर नै एक घन्टा धर्ना दिएकाे क्रान्तिकारीका अध्यक्ष सिंहले बताए ।

मन्त्रीकाे ढाेकामा पुगेका विद्यार्थीहरुलार्इ राेकेपछि केहीबेर कर्मचारी र विद्यार्थीबीच ठेलमठेल भएकाे थियाे । त्यसपछि मन्त्रीले नै भनेर कर्मचारीले प्रहरी बाेलाएका थिए । नारावजी गरिरहेका विद्यार्थीलार्इ प्रहरीले बाहिर पठाएकाे थियाे ।

 

Loading...