भैसेपाटीमा एनअारएनकाे ७५० शैयाको अत्याधुनिक अस्पताल

काठमाडाैं, २६ असाेज । गैरआवासीय नेपालीको लगानीमा ७५० शैयाको नेपाल मेडीसीटी अस्पताल स्थापना गरिएको छ । ललितपुरको भैंसेपाटीमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न अस्पताल निर्माण गरेका हुन् ।

बुधबार एनआरएनए स्थापना भएको १४ औं वर्ष पूरा हँुदै गर्दा विदेशमा रहेका नेपालीको लगानीमा स्थापित अस्पतालको उद्घाटन गरिएको छ । अस्पतालको उद्घाटन एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछाने, अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र उद्योगी चन्द्र ढकालले संयुक्त रुपमा गरेका थिए ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले नेपाल मेडीसीटी अस्पतालले विशेषगरी गुणस्तरिय स्वास्थ्य सेवा र बिरामीहरुको सुरक्षालाई पहिलो प्रथामिकतामा राखेको बताए । अस्पतालले साधारणदेखि न्यूरो साइन्सेज, कार्डियाक साइन्सेज, अर्थो एण्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजीलाई सेन्टर अफ एक्सेलेन्सको रुपमा विकास गरी सेवा उपलब्ध गराउने जनाएको छ । क्रमशः अन्य विधालाई पनि सेन्टर अफ एक्सेलेन्सको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

अस्पतालले मेडिकल टुरिजमलाई प्राथमिकता दिँदै विदेशबाट उपचार गर्न नेपाल आउने वातावरणलाई सहजता प्रदान गर्दै उपचारको उत्कृष्ट गन्तव्यको रुपमा नेपालको स्वास्थ्य क्षेत्रलाई पहिचान गराउने जनाएको छ । अस्पतालको मुख्य डिजाइन र मास्टर प्लान अमेरिकन प्रविधि अनुसार गरिएको छ भने ५ लाख ८० हजार स्क्वायर फिटमा पैmलिएको छ । अस्पताल हेलिप्याड सहित ८ तल्लाको रहेको छ ।

Loading...