रोनाल्डोको कप्तानीमा पोर्चुगल विश्वकपका लागि छनौट

एजेन्सी । समूह ‘बी’ को शीर्षस्थानमा रहेको स्वीजरल्याण्डलाई पराजित गर्दै पोर्चुगल आगामी वर्ष रुसमा हुने विश्वकपमा स्वतः छनोट भएको छ।

लिस्बोनमा गएराति भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगल स्वीट्जरल्याण्डलाई २–० ले हराउँदै सोझै विश्वकपमा स्थान बनाएको हो। साथै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल समूह विजेता पनि बनेको छ।

पराजित भएसँगै दोस्रो स्थानमा झरेको स्वीजरल्याण्डले भने प्लेअफ खेल्नुपर्ने भएको छ। बराबरी तथा पराजयले पोर्चुगल प्लेअफमा धकेलिने अवस्था रहेको खेलमा उसले जित निकालेको हो।

स्वीजरल्याण्डका डिजोउरोउले आत्मघाती गोल गरपछि पहिलो हाफमा पोर्चुगलले १–० को अग्रता लियो। भ्यालेन्टे सिल्भाले खेलको ५७ औं मिनेटमा गोल गर्दै पोर्चुगलको विश्वकपमा स्थान सुरक्षित बनाए।

यसरी पराजित गर्याे पाेर्चुगलले स्वीटजरल्याण्डलार्इ (हेर्नुहाेस भिडियाे)

 

Loading...