६२ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी बाट वैण्ड डिस्प्ले एवं साँस्कृतिक कार्यक्रम

                                                                                                                                                                                आश्विन २४ ,काठमाडौँ /नेपाल प्रहरीको स्थापना भएको अबसरपारी देशभर ६२ औं प्रहरी दिवस मनाइएको छ । दिवसको अबसरमा प्रहरी मातहतमा रहेका अंचल एवं क्षेत्रीय प्रहरी, जिल्ला प्रहरी लागयतका प्रहरी कार्यालयमा यो दिवस मनाइएको हो ।

                                                                                                                                                                                  दिवस को अवसरमा नेपाल प्रहरीले राजधानीको बसन्तपुर क्षेत्रमा वैण्ड डिस्प्ले एवं साँस्कृतिक कार्यक्रम गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा तथा जनसेवा सामुदायीक केन्द्र ,सामुदायिक प्रहरीको आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो । कार्येक्रमका प्रमुख अतिथि काठमाडौँ महानगर पालिकाका मयेर बिध्यासुन्दर शाक्यले समयको परिवर्तन संगै नागरिक प्रति प्रहरी र प्रहरी प्रति नागरिकको सकारात्मक फरक ब्यबहारले समाजमा शान्ति सुब्येबस्था कायेम रहन मदत पुगेको बताउनु भयो । बिशेष अतिथि महानगरीय प्रहरी आयुक्त प्रमुख जयेबहादुर चन्दले प्रहरी नागरिकको साथि भएको बताउदै जनता प्रहरी को समन्वयेकारी भूमिका रहे समाजमा अपराध मुक्त रहने बताउनु भयो । समाजमा भएका विसंगति ,अपराध ,दुर्बेशनी लगाएत असामाजिक क्रियाकलाप न्यूनीकरण गर्न र प्रहरी ,समाज भित्रैबाट मिलेर यी र येस्ता सामाजिक समस्या समाधान गर्ने उदेश्यका साथ बि.स. २०५६ सालमा बिध्या सुन्दर शाक्यको अध्यक्षतामा जनसेवा समुदायिक केन्द्र तथा सामुदायिक प्रहरीको स्थापना भएको हो । सामुदायिक प्रहरी केन्द्रमा हाल कार्येबाहाक अध्यक्षमा विकास भक्त श्रेष्ठ रहनुभएको छ ।

सामुदायिक केन्द्रका सदस्य मनोज नेवा खड्गीले स्थापनाकाल देखि केन्द्रको अग्रसरतामा नागरिक र स्थानीय प्रहरी संगको भूमिकाले समाजमा विगतभन्दा धेरै सकारात्मक परिवर्तन आएको बताउनु भयो । महानगरीय प्रहरी वृत्तका प्रमुख मोहन कुमार थापाले वृत्तको जिम्मेवारी रहेको क्षेत्रमा नागरिक संगको सहकर्येले गर्दा शान्ति सुब्येबस्था कार्येमा सहज अनुभव भएको सुनाउदै अपराधिक क्रियाकलाप नियेंत्रणका लागि निस्वार्थ भावनाका सामाजिक संघ सस्था उल्लेखनीय भूमिका   रहेको बताउनु भयो । कार्येक्रममा केन्द्रका कोषाध्यक्ष पबित्र बज्राचार्य ,विभिन्न वडाका वडाध्यक्ष तथा सामाजिक संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।                                                                                                                        

Loading...