बाबुरामले २० सिट मागेपछि एमाले, माके र नयाँ शक्तिको एकता सङ्कटमा

काठमाडौँ, २४ असोज । अागामी मङ्सिरमा घाेषणा गरिएकाे प्रदेश र सङ्घकाे निर्वाचनका लागि गठबन्धनसहित पार्टी एकताका लागि गरिएकाे सहमति सङ्कटमा परेकाे छ । पार्टी एकताका लागि नै भनेर गर्न थालिएकाे याे सहमति सङ्घीय प्रतिनिधि सभाका लागि कसलार्इ कति उम्मेदवार दिने भन्ने विषयमा अाएर अप्ठ्याराेमा परेकाे छ ।

पार्टी एकताकाे घाेषणा गरेका तीन दल अहिले चुनावी तालमेलकाे चक्करमा छन् । प्रदेश र सङ्घकाे चुनावमा कुन दलले कति जना उठाउने भन्ने छलफलमा जुटिरहेका तीन दल यही कुरा नमिलेर समस्यामा परेका छन् । सुरुमा एमाले र माअाेवादी केन्द्रले ६० र ४० प्रतिशत उम्मेदवार उठाउने सहमति गरेका थिए । तर, त्यसमा नयाँ शक्ति मिल्न अाएपछि उसलार्इ कति दिने भन्ने समस्या परेकाे छ ।

नयाँ शक्तिका लागि त्यसका संयाेजक बाबुराम भट्टरार्इले २० सिट दावी गरेका छन् । अहिले एमाले र माअाेवादी केन्द्र अरु मिल्न अाउने दललार्इ कति सिट दिने भन्नेमा समस्यामा परेका छन् । त्यसैगरी उनीहरु पनि कुन जिल्लामा कति सिट एक अर्काेलार्इ लिने वा दिने भन्नेमा समस्यामा परेका छन् । एमाले र माकेका नेताहरुलार्इ जिल्लाका नेताहरुले विभिन्न खालका दवाव दिन थालेकाे बताइएकाे छ । शिर्ष नेताहरु कहाँबा६ चुनाव लड्ने भन्ने कुरा पनि टुङ्गाे लागेकाे छैन ।

एमाले र माकेका बीचमै कुरा नमिलेका बेला बाबुरामले अाफूलार्इ २० सिट दावी गरेपछि झन समस्या बढेकाे छ । तर, एमाले र माकेले बाबुरामलार्इ बढीमा पाँच सिट दिने मनस्थिति बनाएकाे बुझिएकाे छ । साेमबार र मंगलबार भएकाे छलफलमा बाबुरामले भने अाफ्ना लागि २० सिट चाहिने यदि मिल्न नसकेका १५ सिट भन्दा घटी नमान्ने बताएकाे स्राेतले जनाएकाे छ । उनले कम्तिमा पनि १५ सिट नपाए अाफ्नाे पार्टीमा कुरा मिलाउन अप्ठेराे पर्ने कुरा एमाले र माकेका नेताहरुलार्इ सुनाएका छन् ।

Loading...