गौचन हत्या छानविनका लागि गठित समितिको संयोजक दुर्इ दिनमै किन फेरियो ?

काठमाडौं, २४ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्याकाे छानविन गर्न गठित समितिकाे संयाेजक परिवर्तन गरिएकाे छ ।

सोमबार दिउँसो राजधानीको बानेश्वर रहेकाे घर नजिकै कारमा गइरहेका बेला गाैचनकाे अज्ञात समूहले गाेली हानी हत्या गरेकाे थियाे । उनकाे हत्याकाे छानविन गर्न सरकारले एसएसपी शेरबहादुर बस्नेतकाे संयाेजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेकाे थियाे । साे समितिमा डीएसपी अजय केसी, अंगुर जिसी र इन्स्पेक्टर दीपेन्द्र अधिकारी सदस्य थिए ।

तर, दुर्इ दिनमा छानविन समितिकाे संयाेजक बदलिएकाे छ । यसले अर्काे अाशङ्का पैदा गरेकाे छ । बस्नेतका ठाउँमा डिअार्इजी गणेश केसीलार्इ संयाेजक बनाइएकाे छ । प्रहरीले छानविन समितिकाे विस्तार गर्न संयाेजक बदल्नु परेकाे छ । तर, दुर्इ दिनमै गलत सन्देश जाने गरी संयाेजक किन बदलियाे भन्ने प्रश्न उठेकाे छ । दुर्इ दिनमै संयाेजक बदल्नुपर्ने वा विस्तार गर्नुपर्ने भए बस्नेतलार्इ किन संयाेजक बनार्इयाे भन्ने प्रश्न पनि उठेकाे छ ।

प्रहरीले एसएसपी बस्नेतलाई सदस्य बनाएर राखेकाे छ । त्यस्तै अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलार्इ पनि साे समितिमा थपिएकाे छ । नेपाल प्रहरीको महानगरीय महाशाखा, सीआईबी तथा लोकल युनिटले आफ्नोतर्फबाट गर्नुपर्ने अनुसन्धान सँगै यो समितिले विशेष अनुसन्धान गर्ने बताइएको छ।

Loading...