नेकपाका रौतहट जिल्ला नेता कञ्चन पक्राउ । राज्य अातङ्क बन्द गर्न नेकपाकाे चेतावनी

रौतहट, २४ असोज । नेपाल कम्युनिस्ट पार्टी रौतहटका एक जिल्ला नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । रौतहटको बृन्दावन नगरपालिका वार्ड नं. २ बाट नेकपाका जिल्ला कमिटि सदस्य कञ्चन लामालाई प्रहरीले सोमबार अपरान्ह ५ बजे पक्राउ गरेको हो ।

बृन्दावन नगरपालिका वार्ड नं. २ मा रहेको आफ्नै घरमा बसेका लामालाई प्रहरीले पक्राउ गरेको हो । विरामी अवस्थामा रहेका लामालाई प्रहरीले विना कारण पक्राउ गरेको भन्दै नेकपाले आपत्ती जनाएको छ । नेकपाका रौतहट जिल्ला इन्चार्ज विजयलाल सिंह र सेक्रेटरी बिष्णु बरालले मंगलबार एक विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेका छन् । सरकारले अनावश्यक रुपमा राज्य आतंक सिर्जना गर्न खोजेको बताउँदै इन्चार्ज सिंहले जनताको राजनीतिक अधिकार छिन्न खोजे ठूलो प्रतिरोध सुरु हुने बताए ।

त्यसैगरी प्रहरीले चन्द्रनिगाहपुर नगरपालिका राई टोलमा रहेको कुमार राईको घरमा खानतलासी गरी आतंकित पारेको नेकपाले जनाएको छ । लामा नेकपाका जिल्ला कमिटि सदस्य र राई जिल्ला कमिटि सचिवालय सदस्य हुन् । प्रहरीले उनीहरुमाथि अनावश्यक झुट्टा मुद्दा लगाउन खाजेको भन्दै नेकपाले त्यसप्रति आपत्ती जनाएको छ । साथै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।

Loading...