चुरे भावर पार्टी एमालेमा समाहित हुँदै

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)मा चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल समाहित हुने भएको छ ।

दुवै पार्टीका नेताबीच आइतबार भएको छलफलमा चुरे भावर पार्टी एमालेमा समाहित हुने सहमति भएको हो । एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले एमालेले राष्ट्रिय एकतामा देखाएको अडानका कारण चुरे भावर समाहित हुन थालेको बताए ।

एमाले पार्टी कार्यालय धुम्बाराहीमा पार्टी सचिव पृथ्वीसुब्वा गुरुङ र चुरे भावरका अध्यक्ष बद्रीप्रसाद न्यौपानेबीच चुरे भावर एमालेमा समाहित हुने सहमति भएको हो । आगामी शनिबार राष्ट्रिय सभागृहमा कार्यक्रम गरी औपचारिक रुपमा चुरे भावर एमालेमा समाहित हुने कार्यालय सचिव श्रेष्ठले बताए ।

Loading...