विद्यालयका लागि ९ लाख सहयोग

झापा, २१ असोज । झापा गाउँपालिका–६ मा रहेको भृकुटी आधारभूत विद्यालयको भवन निर्माणका लागि अमेरिकाको टेक्सास राज्यमा कार्यरत नेपालीको संस्था नेपाली समाज टेक्सासले रु नौ लाख सहयोग गरेको छ ।

समाजका सभापति कृष्ण लामिछानेले शुक्रबार विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष लामिछानेले विद्यालयमा भवन अभाव भएर विद्यार्थीलाई समस्या भएको थाहा पाएपछि आफूहरूले सहयोग प्रदान गरेको बताए ।

Loading...