कांग्रेस सरकार बाट नहट्ने,जुट्‍यो बहुमत,माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने अन्तिम तयारी

                                                                                                                                                                                असोज १९ , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई हटाउने तयारी गरेका छन् । एमाले, माओवादी केन्द्रले चुनावी तालमेलसहित पार्टी एकताको घोषणा गरेपछि देउवाले आफ्नो सरकारलाई बहुमत जुटाउने प्रयासमा लागेका हुन् ।
  बुधबार काँग्रेस नेतृत्वमा बृहत लोकतान्त्रिक गठबन्धनमा सहभागी भएका राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित सहित ६ पार्टीहरु सरकारमा जान तयार भएपछि बहुमत जुटेको हो ।
मुलुकको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आह्वान गर्नुभएको राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले काँग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन निर्णय गरेको थियो ।
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको थियो । शुक्रबार प्रधानमन्त्री निवासमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ ।

अहिले देउवा सरकारलाई कांग्रेसका २०७, राप्रपा र राप्रपा प्रजातान्त्रिका ३७, राजपाका २४, लोकतान्त्रिक फोरम १७, संघीय फोरम १५ जना सांसदहरुको समर्थन पुगेको छ । यो संख्या ३०० पुगेको छ । जबकी सरकारलाई सामान्य बहुमतको लागि २९७ जना आवश्यक पर्छ । असोज १९ ,काठमाडौँ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई हटाउने तयारी गरेका छन् । एमाले, माओवादी केन्द्रले चुनावी तालमेलसहित पार्टी एकताको घोषणा गरेपछि देउवाले आफ्नो सरकारलाई बहुमत जुटाउने प्रयासमा लागेका हुन् ।
बिहीबार काँग्रेस नेतृत्वमा बृहत लोकतान्त्रिक गठबन्धनमा सहभागी भएका राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित सहित ६ पार्टीहरु सरकारमा जान तयार भएपछि बहुमत जुटेको हो ।
मुलुकको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आह्वान गर्नुभएको राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले काँग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन निर्णय गरेको थियो ।
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको थियो । शुक्रबार प्रधानमन्त्री निवासमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ ।

अहिले देउवा सरकारलाई कांग्रेसका २०७, राप्रपा र राप्रपा प्रजातान्त्रिका ३७, राजपाका २४, लोकतान्त्रिक फोरम १७, संघीय फोरम १५ जना सांसदहरुको समर्थन पुगेको छ । यो संख्या ३०० पुगेको छ । जबकी सरकारलाई सामान्य बहुमतको लागि २९७ जना आवश्यक पर्छ ।
काँग्रेसले नेकपा संयुक्तलाई पनि सरकारमा ल्याउने प्रयास गरिरहेको छ । उसँग ३ जना सांसदहरु छन् ।
माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरी सरकारको पुर्नगठन गर्नेबारे काँग्रेसले आन्तरिक छलफललाई अन्तिममा पुर्याएको छ । यसबारे निर्वाचन आयोगसँग पनि छलफल गर्ने काँग्रेसको तयारी गरेको छ ।
देउवा स्रोतका अनुसार निर्वाचन आचारसंहितालाई पनि पेलेरै सरकार पुर्नगठन गर्ने काँग्रेसले तयारी गरेको छ । सरकार परिवर्तनबारे उपेन्द्र यादव र कमल थापालाई मनाउन काँग्रेस लागिरहेको छ । देउवा निटक काँग्रेस नेता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विहीबार विहान राप्रपाका अध्यक्षलाई भेटेर छलफल गरेका थिए ।
सके अाजै नभए भोलिसम्ममा माओवादी केन्द्रका मन्त्रीलाई हटाउन सक्ने बालुवाटार स्रोतले बताएको छ ।

Loading...