नेकपाका दुई नेता अपहरणशैलीमा गिरफ्तार

 

१८ असोज

सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।

जिल्ला सदस्य लक्ष्यमण कार्की र रमेश न्यौपानेलाई प्रहरीले इटहरीचोकबाट प्रहरीले गिरफ्तार गरेको जिल्ला इन्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’ले जानकारी दिए । कार्की इनरुवा नगरपालिकाका सेक्रेटरी समेत हुन् ।

जिल्ला इन्चार्ज श्रेष्ठले बिना कारण अाफ्ना नेताहरुलाई सादा पोशाकका प्रहरी अपहरणशैलीमा गिरफ्तार गरेको बताउँदै तत्काल रिहा गर्न माग गरेका छन् । प्रहरी प्रशासनले गिरफ्तारी र धरपकड नरोके कडा संघर्षका कार्यक्रमसहित अान्दोलनमा जाने चेतावनी समेत इन्चार्ज श्रेष्ठले दिए ।

बुधबार दिउँसो ३ बजेतिर गिरफ्तार नेताहरुलाई बराह नगरपालिकास्थित महेन्द्रनगर इलाका प्रहरी चौकीमा राखिए छ ।

अनाधिकृत नेपाल प्रवेश गरेको भारतीय सरकारी गाडीमाथि गरिएको तोडफोडमा संलग्‍न भएको अाशंका गिरफ्तार गरेको प्रहरीले बताएको छ ।

 
Loading...