काठमाडौंकी कुमारी आज फेरिए

 

असोज १२ ,काठमाडौं – काठमाडौंकी जीवितदेवता कुमारी आज फेरिएको छ । पुराना कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेको कारण उनको ठाउँमा नया कुमारी ओमबहालकी तृष्णा शाक्यलाई कुमारी छनौट गरिएको हो ।
महाअष्टमीको दिन पारेर गुठि संस्थानले आज तृष्णा शाक्यलाई विधिवत कुमारी देवीका रुपमा काठमाडौँको बसन्तपुर कुमारी घरमा प्रतिस्थापन गरेको छ । गुठी संस्थानको संचालक समितिले बिधिसम्बत तृष्णलाई कुमारीमा छनौट गरेको हो । संस्थानले काठमाडौँका १८ वटा महाविहारका ३ जना प्रतिनिधि, पञ्चबुद्धका राजगुरुसमेत ५ जनाको छनौट समितिको बीचबाट नयाँ कुमारी छनौट गरेको हो ।
९ बर्ष अगाडी यसै विधिबाट ३ वर्षको उमेरमा कुमारी भएकी मतिनालाई आजै राजकीय सम्मानका १२;०२ को शुभ साइतमा कुमारीघरबाट बिदाइ गरि बाजागाजाका साथ आफ्नै निवास इतुम्बहाल पुर्याइएको छ । कुमारीलाई जीवित देवीका रुपमा पुज्ने गरिन्छ ।

Loading...