ट्रम्पले लगाए उत्तर कोरियासहित ८ देशमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध

एजेन्सी । अमेरिका र उत्तर कोरियाका बीच तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षा खतरा रहेको भन्दै यात्रा प्रतिबन्धको नयाँ सूची जारी गरेका छन् ।

यस प्रतिबन्धअन्तर्गत उत्तर कोरियासहित आठ देशमाथि प्रतिबन्ध लागेको छ ।

यसअघि ट्रम्पले ६ वटा मुसलमानबहुल देशहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । आइतवार गरिएको ताजा घोषणापछि अब इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड, भेनेजुएला र उत्तर कोरियाका अधिकांश नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लागेको छ ।

ट्रम्पले यो घोषणापछि ट्विट गरेर अमेरिकालाई सुरक्षित बनाउनु आफ्नो प्राथमिकता रहेको लेखे ।

नयाँ सूचीमा परेका आठवटा देशहरूका नागरिकमध्ये धेरैले अमेरिका जानै पाउने छैनन् भने केहीलाई कडा जाँचपछि मात्र प्रवेश दिइनेछ ।

 

Loading...