छिमेकी महिलालार्इ कुटीकुटी हत्या

जनकपुर, १० असोज । धनुषामा एक महिलाको हत्या भएको छ । विदेह नगरपालिका-५ मुरिबा बस्ने लक्ष्मी मण्डलकी श्रीमती ३५ वर्षकी मोहिनी मण्डलको कुटाईबाट हत्या भएको हो ।

मंगलबार बेलुका ७ बजे कुटपिट गरि हत्या भएको प्रहरीले जनाएको छ । बच्चाहरुमा झगडा हुँदा छिमेकी रामबहादुर मण्डलले ती महिलालाई कुटपिट गरेपछि घटनास्थलमै ज्यान गएको स्थानीय बासिन्दाले बताएको प्रहरीले जनाएको छ ।  प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । कुटपिट गर्ने रामबहादुर फरार भएका छन् ।   

Loading...