करार शिक्षकहरुलाई पनि आन्तरिक परीक्षामा सहभागी गराउन माग

काठमाडौं,१० असाेज ।  छुट अस्थायी करार शिक्षक संघर्ष समितिले असार १५ पछिका शिक्षकलाई समेत आन्तरिक परीक्षामा सहभागी गराउनुपर्ने माग गरेका छन् । 

मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी उनीहरुले एउटै प्रकृतिबाट नियुक्ती भएका करार शिक्षकलाई अहिले आएको नवौं संशोधन विद्येयकले विभेद गरेको भन्दै विधेयक फिर्ताको माग गरेका छन् । 

कार्यक्रममा बोल्दै संघर्ष समितिका अध्यक्ष भरत केसीले एउटै प्रकृतिबाट नियुक्ति भएका करार शिक्षकलाई अहिले आएको नवौं संशोधन विद्येयकले विभेद गरेको गुनासो पोखे । उनले करार शिक्षकहरुलाई समानताको आधारमाअधिकार प्रत्याभुति दिलाउन अरु करारसरह असार १५ पछिका करार शिक्षकहरुलई आन्तरिक परीक्षामा सहभागी गराउनुपर्ने बताए । 

समितिले अस्थायी करार शिक्षकहरुलाई मौलिक हकको धारा–१८ को उपधारा १ बमोजिम भेदभावरहित विज्ञापन हुनुपर्ने, कसैलाई परिक्षामा अनुतीर्ण भए पनि गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्ने तर सोही प्रक्रियाबाट २०७३ असारपछि नियुक्त शिक्षकहरुलाई आन्तरिक प्रतिष्पर्धामा सामेल नगरेकोले २०७३ असार १५ देखि हालसम्मका सम्पूर्ण शिक्षकहरुलाई आन्तरिक प्रतिष्पर्धामा सामेल गराउनुपर्ने, र २०७३ साल चैत्र १९ सम्मका अस्थायी करार शिक्षकले सो अवसर पाउँदैन भने ०४९ देखि ०७३ चैत्र १९ गतेसम्म खुल्ला÷आन्तरिक प्रतिष्पर्धा हुनुपर्नेसहितको तीनबुँदे माँग समेत अघि सारेको छ

Loading...