अमेरिकामा छयांकन गरिएको चलचित्र ” अमेरिकन बाबु मेड इन नेपाल ” को पोस्टर रिलिज

                                                                                                                                                                                             आश्विन ९ ,काठमाडौँ /  विश्वोको अत्यन्त वैभवशालि राष्ट्र अमेरिकाको न्युयोर्कमा सम्पूर्ण छायांकन भएको नेपाली चलचित्र ”अमेरिकन बाबु मेड ईन नेपाल ” को प्रोमो संगै सोहि चलचित्रको दुइ वटा गीत एक कार्येक्रम का बीच रिलिज भएको छ ।

राजधानीमा सोमबार एककायेक्रमको बीच नया चलचित्रको फस्ट लुक पोस्टर रिलिज वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर तथा विशिष्ट अतिथि नामी पत्रिकाका सम्पादक नारायण राईंले गर्नुभयो ।  चलचित्रका निर्माण पक्षबारे निर्माता मञ्जु राना मगर र अर्का निर्माताको तर्फबाट निर्माता राजेश गुरुङ्गका भाई नबीन गुरुङ्ले बताउनु भयो ।

चलचित्रमा ठुलो सपना बोकेर अमेरिका पुग्ने नेपाली अमेरिका बस्दाको भोगाइको येथार्थलाइ कथाबस्तु समेटिएको बताएको छ । एक करोडको लगानीमा निर्मित यस चलचित्र यही आउदो २०१८ जनवरीमा अमेरिकाबाट रिलिज गरिने कार्येक्रममा जानकारी देएको छ ।

ईश्वर थापाको निर्देशनमा नन्दिता के.सी. ,बाबु बोगटीको संगै इसान ढकाल, प्रबेश उप्रेती पाउल ,प्रियंका गैर , अञ्जली लामा , राजेश गुरुङ्ग , रघु गिरी , सम्झना उप्रेती , कृष थापाका साथै अमेरिकामा बस्ने नेपाली कलाकारहरुको अभिनय रहने छ । यस चलचित्रको निर्माण ड्रिम्स गेट नेपालको लागि राजेश गुरुङ्ग , सम्झना उप्रेती र मञ्जु राना मगरले गरेका छन् ।

Loading...