कालोबजारीको सूची दिन नेकपाको सर्वसाधारणलाई आह्वान

हेटौडा, ९ असोज । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले चर्को मुल्यमा सामान बेच्ने र बजारमा अभाव सिर्जना गर्ने व्यापारीहरुलाई कारवाही गर्ने जनाएको छ । त्यसका लागि सूचना तथा सूची उपलब्ध गराउन नेकपा मकवानपुरले सर्वसाधारणलाई आह्वान गरेको छ ।

हेटौडा उपमहानगरपालिका कमिटीद्वारा आयोजित चाडपर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपाका मकवानपुर इन्चार्ज बिरबहादुर घलान ज्वालाले सो कुरा बताएका हुन् । उनले चाडपर्वका समयमा हुने कालोबजारीयालाई कारबाही गर्न पार्टी तयार रहेको बताए ।

चाडपर्वका समयमा बजारमा कृतिम अभाव सृजना गर्ने, मंहगी तथा कालोबजारी गर्नेहरु मौलाउने भन्दै ज्वालाले “त्यस्ता मान्छेहरुको सूची हामीलाई दिनुस पार्टीले तुरुन्त कारबाही गर्छ ।”

त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी रामबहादुर घलान वाटरले चाडपर्वलाई सामान्य ढंगबाट मनाउन सवैलाई अनुरोध गरे । कार्यक्रमका अध्यक्ष एवं हेटौडा नगर कमिटी ईन्चार्ज सोम घलानले बिजयादशमीको पूर्वसन्ध्यामा हिन्दुधर्मलाई मात्रै प्रश्रय नदिई सम्पूर्ण नेपालीहरुले मान्ने धर्मलाई सम्मान गर्दै कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा पार्टीका नारायणी व्युरो सदस्य धावा लामा, विभिन्न जनवर्गिय संगठनका प्रतिनिधी तथा क्रान्तिकारी पत्रकार संगठन मकवानपुरकी अध्यक्ष रुपा गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

Loading...