रौतहटमा बिभत्स घटना । वडा अध्यक्ष जित्ने बित्तिकै छोराको गोली हानि हत्या

रौतहट, ९ असोज । रौतहटको परोहा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षको छोराको गोली हानी हत्या भएको छ ।

कांग्रेसबाट विजयी भएका नवनिर्वाचित वडाध्यक्ष शेख सेराजका ३२ बर्षका छोरा अकबर अलीको हत्या भएको प्रहरीले जनाएको छ ।

परोहा नगरपालिका ५ जिंगडवा टोलमा रहेको घरबाहिर सुतिरहेको अवस्थामा आज बिहान करिब साढे ३ बजेको समयमा उक्त घटना भएको हो । उनको छातीमा गोली हानीएको छ । घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई बिहान नियन्त्रणमा लिएको जनाएको छ ।

शवलाई पोस्ट मार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख यज्ञ विानोद पोख्रेलले जानकारी दिए ।

Loading...