उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि थैब डोजोले उचाल्यो

काठमाडौँ, ८ असोज । प्रथम उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि थैब डोजोले जितेको छ ।

ललितपुरको थैबस्थित सुइरेमा भएको सो प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र तीन कांस्य पदकका साथ थैब टिम च्याम्पियन बनेको हो ।

नेपाल सितोरियो कराते सङ्घ भारदेउले आयोजना गरेको उक्त प्रतियोगितामा शाखा डोजो भारदेउ ६ स्वर्ण, ११ रजत र ११ कांस्यपदकसहित दोस्रो तथा ६ स्वर्ण, दुई रजत र ६ कांस्यका साथ विद्यासागर डोजो तेस्रो भयो ।

पुरुषतर्फ विद्या सागरका सुमन तामाङ तथा महिलातर्फ आयोजक भारदेउकी एरिना घले उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा नवशान्ति डोजोका मनीष खड्का तथा महिलामा चौघरे डोजोकी सेम्सङ लामा उदियमान खेलाडी चुनिए । नागर्जुन डोजोले अनुशासित टोलीको उपाधि हात पा¥यो ।

प्रतियोगिताको अर्थ राज्यमन्त्री उदयशमशेर राणाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । एकदिने उक्त प्रतियोगितामा १७० खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका आयोजक भारदेउका प्रमुख प्रशिक्षक दिलबहादुर घलानले जानकारी दिए ।

Loading...