दशैंमा गाडी बेच्न अफरै अफर । नुनदेखि सुन दिने योजना

काठमाडौं । नेपालीहरूको ठूलो पर्व दशैं नजिकिँदै गर्दा अहिले शोरूममा गाडी हेर्ने, छान्ने र बूकिङ गर्ने क्रम बढेको छ । दशैंको अवसरमा सबैजसो अटो विक्रेता तथा वितरकले ग्राहकलाई लक्षित गरी विभिन्न योजना ल्याएका छन् । दशैंतिहारका अवसरमा नयाँ सवारी किन्ने सोचमा रहेकाहरूलाई यो उपयुक्त अवसर बनेको छ । कम्पनीहरूले विशेष छूट तथा सुविधाको घोषणा गर्ने भएकाले दशैंतिहार गाडी किन्ने मुख्य सिजन बनेको हो । सोही कारण सम्बन्धित विक्रेता तथा वितरकले अहिले सवारीसाधनको विक्रीमा नगद छूट, उपहारलगायत आकर्षक योजना ल्याएका छन् ।

टाटाको ‘दशैंमा दशै तोला’

नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले दशैंको अवसर पारेर ‘दशैंमा दशै तोला’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले टाटाको कार खरीदमा १० तोलासम्म सुन प्राप्त गर्न सक्ने बताइएको छ । विक्री, सेवा, स्पेयर पाटर््सका हिसाबले ठूलो सञ्जाल बनाएको सिप्रदीले टाटा कारहरू स्ट्रोम, बोल्ट, टियागो र जेष्टको खरीदमा ग्राहकलाई १० तोला, ७ तोला, ६ तोला र ५ तोला सुन उपहार प्रदान गर्ने जानकारी दिएको छ ।

सुजुकीको ‘पर्वोत्सव डबल मज्जा’

सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोर्कपले दशैंका अवसरमा ६ लाखसम्म छूटसहित विभिन्न योजना ल्याएको छ । सुजुकीले ‘सुजुकी पर्वोत्सव डबल मज्जा’ योजना ल्याएको हो । यसमा सुजुकी गाडी किन्नेलाई ६ लाखसम्म नगद छूट दिइने बताइएको छ । त्यसैगरी एक्सचेञ्ज अफरमा ५० हजारसम्मको बोनसको व्यवस्था गरिएको कम्पनीका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्यले जानकारी दिए । यस्तै, सुजुकीका सवारीसाधनमा २ वर्षसम्मको निःशुल्क बीमाको व्यवस्था गरिएको छ । कम्पनीले सिद्धार्थ इन्स्योरेन्सलाई आफ्नो पार्टनरका रूपमा लिएर यो सुविधा दिएको हो । गाडी किन्दा स्क्र्याच कार्डमार्फत १ लाखसम्म नगद जित्ने मौका पनि ग्राहकले पाउने शाक्यले बताए । यस्तै, गाडी खरीदमा १ वर्षको सडक दस्तुर र दर्ता निःशुल्क गरिदिने व्यवस्थासमेत कम्पनीले गरेको छ ।

हुण्डाईको ‘फेष्टिभ डेलाइट’

नेपालमा हुण्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले ‘हुण्डाई फेष्टिभ डेलाइट’ योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत ग्राहकले हुण्डाईका सवारी खरीदमा ५ लाख रुपैयाँसम्म छूट र एकवर्षे निःशुल्क बीमा सुविधा पाउनेछन् । स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्म नगद छूटका साथै लक्की ड्रमार्फत सय जनालाई १०/१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण, बम्पर उपहारअन्तर्गत हुण्डाई इलाइट आई–२० कार र हुण्डाई एक्सेण्ट कार पाउन सक्ने कम्पनीले बताएको छ । त्यस्तै, हुण्डाईका सबै कारमा ३ वर्ष वारेण्टी, ४ वर्ष निःशुल्क सर्भिसिङ, निःशुल्क सडक कर र स्वामित्व हस्तान्तरण सुविधासमेत छ ।

डाट्सनमा ५ लाखसम्म नगद छूट

डाट्सनले पनि दशैंको अवसरमा ‘डाट्सन दशैंमय’ अफर ल्याएको छ । यो अफरअन्तर्गत कम्पनीले २ लाख २५ हजारसम्म नगद छूटको व्यवस्था गरेको छ । साथै, १ लाख ३८ हजार ७ सयबराबरको फ्री एसेसोरिज पनि कम्पनीले उपलब्ध गराउनेछ । साथै, कुपन स्त्र्mयाच गरी ५ लाखसम्म नगद छूट पाउन सक्ने बताइएको छ । त्यसैगरी १ वर्षको बीमा सुविधासहित बम्परमा एकजनालाई ‘रेडी गो’ कार जित्ने अवसर दिइएको कम्पनीले बताएको छ ।

फोर्डमा ४ लाखसम्म छूट

फोर्डले चाडपर्वलाई ध्यानमा राखी फोर्ड क्यासमा क्यास अफर ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले फोर्ड गाडीको खरीदमा नियमित नगद छूटका साथै लक्की ड्रमार्फत ८० हजारदेखि ४ लाख रुपैयाँसम्म अतिरिक्त छूट पाउन सक्नेछन् । यस्तै, कुनै पनि ब्राण्डको गाडीसँग सट्टापट्टाको व्यवस्था पनि गरिएको छ । यो अवधिमा फोर्ड गाडी किन्नेलाई रू. ३० हजारसम्मको अतिरिक्त सामान पनि दिइनेछ । फोर्ड गाडीको बूकिङमा ग्राहकले एउटा युनिक कोड प्राप्त गर्नेछ । उक्त कोडअनुसार कम्प्युटर प्रोग्रामले तुरुन्त ग्राहकले पाउने अतिरिक्त छूट घोषणा गर्नेछ । फोर्डले आफ्ना गाडीहरू ८० प्रतिशतसम्म फाइनान्स सुविधाका साथै ८ दशमलव ९९ प्रतिशतसम्मको ब्याजदरमा उपलब्ध गराइने बताएको छ । यो योजना नेपालभर फोर्ड फिगो, एस्पाइर, एको स्पोर्ट, रेञ्जर र एण्डेभरमा लागू गरिएको छ ।

महिन्द्राको अफर : सुनदेखि एक्सयूभीसम्म

दशैं–तिहारको अवसरमा महिन्द्राले आफ्ना ग्राहकका लागि ‘ठूलो छ अफर, सबैभन्दा ठूलै पाइन्छ महिन्द्रा किन्दा’ भन्ने नारासहित अफर ल्याएको छ । यस अफरअन्तर्गत नेपालभरका जुनसुकै शोरूमबाट महिन्द्राको कुनै पनि गाडी किन्नेबित्तिकै ग्राहकले स्त्र्mयाच कार्डमार्फत १ तोलासम्म सुन र साथमा महिन्द्रा गष्टो १२५ स्कूटर जित्ने मौका प्राप्त गर्नेछन् । यसैगरी, ग्राहकले १५ दिने बम्परमा महिन्द्रा मोजो ३ सय सिसी अफ–रोड बाइक, इको–फ्रेण्ड्ली बम्परमा महिन्द्रा ई२० र प्रिमियम बम्परमा महिन्द्रा एक्सयूभी ५०० जित्न सक्नेछन् । यो अफर महिन्द्रा एक्सयूभी र थारमा भने उपलब्ध छैन ।

रेनोको ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’

नेपालमा रेनोको आधिकारिक वितरक एड्भान्स अटोमोबिलले विशेष उत्सव अफर ‘रेनो डबल उत्सव’ ल्याएको छ । दशैं तिहारलाई लक्षित गर्दै रेनो डबल उत्सब सार्वजनिक गरिएको हो । रेनो डबल उत्सव ‘क्यास पनि पक्का, फ्यूल पनि पक्का’ भन्ने मुख्य नारासहित आएको छ । यसले रेनो ग्राहकलाई डबल फाइदा दिने बताइएको छ, जसअन्तर्गत कम्पनीले नगद पुरस्कार र १ वर्षसम्म निःशुल्क इन्धन उपलब्ध गराउनेछ । यो अफरमा रेनो कार खरीद गर्दा ग्राहकले सीधै ३ लाख रुपैयाँसम्मको स्योर शट नगद छूट प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । साथै, स्क्र्याच कुपनमार्फत ३ लाख रुपैयाँसम्म जित्न सक्ने बताइएको छ । यसैगरी, १ वर्षको सडक कर निःशुल्क, स्पट फाइनान्सिङको सुविधा, तत्काल मूल्याङ्कन, ५ वर्षको वारेण्टी र एक्सचेञ्ज सुविधासमेत उपलब्ध छ । यो अफर रेनोको लजी, डष्टर र क्विडको तीनओटै मोडलका कार खरीदमा उपलब्ध रहेको जानकारी कम्पनीले गराएको छ ।

Loading...