व्यापारीहरुको निसानामा निरिह बने मन्त्री : च्यातियो झण्डा फुटाइयो सिसा

कैलाली ।  अापूर्ति राज्यमन्त्री कर्णबहादुर बिक टिकापुरका व्यापारीहरुको निसानामा परेका छन् ।  ब्यापारीहरुले उनको झण्डावाला गाडी तोडफोडसमेत गरेका छन् ।

टिकापुर पुगेका मन्त्री बिकले आयल स्टोर लगायत बजारका केहि पसल अनुगमन गरेका थिए । दशैंको मुखमा अनुगमन गरि ब्यापार बिगारेको भन्दै ब्यापारीरु आक्रोसित भएका थिए ।

 

ब्यापारीहरुले राज्यमन्त्री चढेको गाडीको झण्डा च्यात्तुको साथै गाडीका सीसासमेत फुटालि दिएका छन् ।

माओवादी केन्द्रका युवा नेता समेत रहेका मन्त्री बिक टिकापुरका व्यापारीहरुले सपलमा कुहिएका र म्याद सकिएका खाद्य बस्तु बिक्री गरिरहेको गुनासोका अाधारमा छापा मार्न पुगेका थिए ।

कारबाही गर्न कस्सीएका राज्यमन्त्री बिक सवार झण्डावाल गाडीको झण्डा च्यात्नुको साथै गाडीमा तोडफोड  भएपछि प्रहरीले २ जना स्थानिय ब्यापारीलाई पक्रेको छ ।

Loading...