अखाद्य मिठाइ बेच्ने आँगनको कमलपोखरी बिक्रीकेन्द्रमा नेकपाको आक्रमण

काठमाडौं, ७ असोज । अाँगन ब्रान्डकाे एक बिक्री केन्द्रमाथि नेपाल कम्युनिस्ट पार्टीले ताेडफाेड गरेकाे छ । अाँगन ब्रान्डका मिठाइमा अखाद्य बस्तु बढी प्रयाेग हुने गरेकाे र साे विषयमा पटक पटक सचेत गराउँदा पनि गुणस्तरमा सुधार नगरिएकाे भन्दै साे पार्टीले कारवाही गरेकाे जनाएकाे छ ।

काठमाडाैंकाे कमलपाेखरीमा रहेकाे अाँगनकाे बिक्रीकेन्द्रमा नेकपाकाे मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले जनकारवाही गरेको हाे । पशुपति फुड्स प्रालिद्वारा सञ्चालित अाँगन ब्रान्डकाे व्यवस्थापनले त्यहाँ कार्यरत मजदुरहरुलार्इ समेत ठग्दै अाएकाे महासंघले जनाएकाे छ । साथै लामाे समयदेखि मिठाइमा अखाद्य बस्तु मिसाएर बिक्री गर्दै अाएकाे दावी पनि महासंघले गरेकाे छ । यसअघि सरकारी तवरबाट पनि उक्त मिठाइ पसलमाथि छापा मारिने गरिएकाे तर छापा मारे पनि केही दिनमै याे घटना सामसुम पारिने गरिएकाे थयाे ।

अाक्रमणपछि त्यहाँ नेकपाकाे मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनकाे नाममा छाडिएकाे पर्चामा उक्त पसलमा कार्यरत मजदूरहरुलाई विना कारण निष्काशन गरेको, सङ्गठनमा आवद्ध मजदुरलाई जबरजस्त राजीनामा दिन बाध्य पारिएको, केहीलाई श्रम ऐनका नियमावली विपरित सरुवा गरिएको बताइएकाे छ । त्यसैगरी पारिश्रमिक वापत पाउँनुपर्ने तलब तथा अन्य सेवा सुविधान नदिएको, अखाद्य बस्तु प्रयोग गरी जनताको स्वास्थ्यमा असर पर्ने गरी मिठाई बिक्री गर्ने गरेको अाराेप पनि पर्चामा लगाइएकाे छ ।

अाँगनकाे बिक्री केन्द्रमाथि कारवाही गर्नुकाे कारण खाेल्दै महासंघले वर्क परमीट नलिएरै विदेशी कामदार राख्ने गरेकाे पनि दावी गरेकाे छ ।

कारवाही पछि भेटिएकाे पर्चा यस्ताे छ 

Loading...