बाढी प्रभावितलाई डेभलपमेन्ट बैंकर एशोसिएसनकाे सहयोग

काठमाडौँ, ६ असोज । डेभलपमेन्ट बैंकर एशोसिएसनले बाढी प्रभावितको सहयोगका लागि संकलन गरेको रु ३२ लाख आज नेपाल उद्योग वाणिज्य महासंघलाई प्रदान गरेको छ ।

यहाँँ आज आयोजित कार्यक्रममा एशोसिएसनका महासचिव झलकप्रसाद खनालले महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई सो रकम हस्तान्तरण गरेका हुन् । एशोसिएसनले बाढी र डुबान प्रभावितका लागि सहयोग गर्न विभिन्न विकास बैंक तथा अन्य वित्तीय संस्थाबाट रकम संकलन गरेको हो ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले मुलुकमा दैवीप्रकोपमा परेको नागरिकलाई सहयोग गर्न एशोसिएसनले विभिन्न स्रोत परिचालन गरी रकम संकलन गरेकामा त्यसको सराहना गरे । महासचिव खनालले सामाजिक उत्तरदायित्वअन्तर्गत एशोसिएसनले मुलुकका विभिन्न क्षेत्रमा सामाजिक गतिविधि गरेको जानकारी दिए ।

Loading...