आयुर्वेद चिकित्सा, अनुसन्धान र जडीबुटी उत्पादनमा चीनले सहयोग गर्ने

काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत यू होङले आयुर्वेद चिकित्सा सेवालाई सहयोग गर्न चीन सरकार तयार रहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पोखरेलसँगको भएको भेटमा उनले आयुर्वेद चिकित्सा सेवा, अनुसन्धान र जडीबुटी उत्पादनका क्षेत्रमा चिनियाँ सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल सरकारका तर्फबाट ल्याइएका योजनालाई सधैँ सहयोग गर्न तत्पर रहेको होङले बताएको स्वास्थ्यमन्त्रीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री पोखरेलले देशभर प्रदेशस्तरमा आयुर्वेद सेवाको विस्तार गर्ने तयारी गरिएको बताउँदै भक्तपुरको दधिकोटमा वीर अस्पतालको विस्तारका लागि सहयोग गर्न आग्रह गरे । यस्तै कम्युनिष्ट आन्दोलनका नेता नरबहादुर कर्माचार्यका नाउँमा क्यान्सर हस्पिटल खोल्नका लागि सहयोगको अपेक्षा गरिएको पनि उनले बताए ।

Loading...