हिरासत ताेडेर भाग्ने दुर्इ पक्राउ

गाेरखा, ७ असाेज । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतबाट भागेका तीन जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोरखा नगरपालिका ६ डाँडागाउँकी राममाया गुरुङको घरमा लुकिरहेको अवस्थामा अभिषेक अधिकारी र सन्दिप सुर्खेतीलाई आज बिहान नियन्त्रणमा लिई जिप्रका ल्याएको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। भागेका अर्का थुनुवा दीपेश मझकोटीको खोजी कार्य जारी छ।

उनीहरुलार्इ अभिषेकको आफन्त गुरुङको घरबाट नियन्त्रणमा लिइएको हो ।

Loading...