गुन्डा नार्इके चक्रे मिलनका सहयोगी गौतम प्रहरीको गोलीबाट…

काठमाडाै । प्रहरी र गुण्डा नाइके राजीव गुरुङ ( चक्रे मिलन ) का सहयोगीबीच शुक्रबार साँझ राजधानीमा गोली हानाहान भएको छ।

चक्रे मिलनको समूह पेप्सिकोला मनहरा पुल नजिक जम्मा भएर कुनै आपराधिक गतिविधिको योजना बनाइरहेको सूचनाका आधारमा सो स्थानमा प्रहरी पुग्दा गुण्डा समूहबाट रामेश्वर गौतम भन्नेले गोली चलाएपछि आफूहरुले पनि जवाफी फायर गरेको प्रहरीको भनाइ छ। अपराध अनुसन्धान महाशाखका एसएसपी दिवेश लोहनीले घटनाको पुष्टि गर्दै भने, ‘ गौतमले गोली चलाएपछि हाम्रो तर्फबाट पनि दुई राउण्ड फायर भएको हो।’

प्रहरीको गालीबाट हालैका दिनमा मात्र चक्रे मिलन समूहमा रहेर सक्रिय बनेका गौतम घाइते भएका छन्। दाहिने घुँडामुनि गोली लागेका गौतमलाई प्रहरीले बीर अस्पताल उपचारर्थ लगेको छ।

रामेश्वर गौतम केही महिना यता मात्र चक्रे मिलन समूहमा सक्रिय भएको रेकर्ड प्रहरीले फेला पारेको छ। गौतम भदौ महिनामा मात्र चार वटा आपराधिक घटनामा संलग्न भएको प्रहरीको भनाइ छ।

Loading...