साढे चार करोड भोट पाएर बुद्ध लामा बने पहिलाे नेपाल आइडल

काठमाडाैं, ७ असाेज । बुद्ध लामा अन्तत: नेपाल अाइडल बनेका छन् । गएराती कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा बुद्ध लामालार्इ नेपाल अाइडल घाेषणा गरिएकाे हाे ।अन्य दुर्इ प्रतिस्पर्धी निशाल भट्टरार्इ र प्रताप दासलार्इ पछाडि पार्दै बुद्ध पहिलाे नेपाल अार्इडल बन्न सफल भएका हुन् ।

नेपाल अाइडलले अन्तिम प्रतिस्पर्धा कतारमा गराएकाे थियाे । शुक्रबार मध्य राति भएको ग्राण्ड फिनालेमा बुद्धले सबैभन्दा बढी भाेट पाएकाेले प्रतियाेगिता जित्न सफल भएकाे सुनाइयाे । अन्य प्रतिस्पर्धीभन्दा बुद्धले दुर्इ कराेड भन्दा बढी भाेट पाएकाे जानकारी पनि दिइएकाे छ ।

त्यसैगरी निशान भट्टरार्इ नेपाल अाइडलकाे फस्ट रनर अप बन्न सफल भएका छन् भने प्रताप दास सेकेन्ड रनरअप बन्न सफल भएका छन् । एपीवान टेलिभिजनले सुरु गरेकाे ‘नेपाल आइडल’को विजेता बन्न सफल बुद्धले साढे ४ करोड भोट पाएका बताइएकाे छ ।

नेपाल अाइडलका अाफ्ना मन परेका प्रतिस्पर्धीलार्इ जिताउनका लागि दर्शक शुभचिन्तकले कूल ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट गरेकाे नेपाल अाइडलले जनाएकाे छ । जसमध्ये बुद्ध लामाले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गरेकाे जानकारी दिइयाे ।

त्यसैगरी फस्ट रनरअप भएका निशान भट्टराईले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरेका छन् भने सेकेन्ड रनर अप भएका प्रताप दासले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका छन् ।

नेपाल अाइडलकाे विजेता भएका बुद्ध लामाले २० लाख रुपैयाँ सहित महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । त्यसैगरी सेकेन्ड रनरअप बनेका निसान भट्टराईले १५ लाख रुपैयाँ पाएका छन् भने सेकेन्ड रनर अप बनेका प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

उनीहरु सबैलार्इ लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरेका थिए । कतारमा आयोजना भएको ग्राण्ड फिनालेमा हजारौं नेपाली दर्शकहरुको उपस्थिति रहेको थियो ।

 

Loading...