उत्तरकोरियामाथि लगाइएको एकपक्षीय नाकाबन्दीको चिनले गर्यो विरोध

एजेन्सी । उत्तरकाेरियामाथि लगाइएकाे एकपक्षीय नाकाबन्दीकाे चीनले विराेध गरेकाे छ । उत्तर काेरिया र अमेरिकाले एक अर्कालार्इ धम्की दिँदै युद्ध उन्मुख गतिविधि बढाइरहेका बेला चिनकाे यस्ताे प्रतिक्रिया बाहिर अाएकाे हाे ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले काेरियाली प्रायदिपमा तनाव उत्पन्न गर्ने कार्य चिनलार्इ ठिक नलागेकाे समेत बताएका छन् । प्रवक्ता लु काङले कोरियाली प्रायद्वीपमा जारी तनावलाई बढाउने हर्कत नगर्न सबैपक्षसँग आग्रह समेत गरेको छन् । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले उत्तरकाेरियालार्इ ध्वस्त पार्ने धम्की दिइरहेका छन् भने उत्तरले उनकाे धम्कीलार्इ कुकुर भुकार्इकाे संज्ञा दिँदै उत्तरसँग निहुँ खाेजे अमेरिकाले नराम्राे परिणाम व्यहाेर्नुपर्ने चेतावनी दिइरहेकाे छ । उत्तर कोरियाले हाइड्रोजन बमकाे परिक्षण पश्चात प्रशान्त महासागरमा पड्काउने चेतावनी समेत दिएकाे छ ।

‘प्रायद्वीपको वर्तमान अवस्था एकदमै जटिल र गम्भीर छ,’ विदेश मन्त्रालयका प्रवक्ता लु काङले भने, ‘सबै पक्षले जिम्मेवारीपूर्ण तरिकाले व्यवहार गरे मात्रै आणविक मुद्दा सल्टिन सक्छ र त्यो क्षेत्रमा शान्ति र स्थायित्व पुनर्स्थापना हुनसक्छ।’

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदभन्दा बाहिरबाट कसैले लगाएको एकपक्षीय नाकाबन्दीको विरोध गर्ने पनि चीनले स्पष्ट पारेको छ।

‘कुनै पनि देशले सुरक्षा परिषदभन्दा बाहिरबाट लगाएको एकपक्षीय नाकाबन्दीको चीनले विरोध गर्दछ,’ काङले थपे।

Loading...