पाकिस्तानसँग नियमित हवाइ सैन्य अभ्यास भएको चिनको दावी

एजेन्सी । चिनियाँ वायुसेनाले बिहीबार आफ्नो पाकिस्तानसँगको हवाई सैन्य अभ्यासलाई लिएर गरिएको टिप्पणीप्रति खण्डन गर्दै ती अभ्यास नियमित भएको जनाएको छ ।

चिनियाँ पिपुल्स लिबरेशन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले भने, “कुनै देशले पाकिस्तानसँग सधैँजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक कुरा हो । उनीहरूले यस्ता अभ्यासप्रति अभ्यस्त बन्दै अनावश्यक अफवाह नफैलाउनु राम्रो कुरा हुनेछ ।”

सैन्य अभ्यास चलाउनु अन्तर्राष्ट्रिय अभ्यास हो । विदेशी सेनासँगको सैन्य अभ्यास हरेक देशको सेनाको सैन्य क्षमता बढाउन र राष्ट्रिय सुरक्षा तथा राष्ट्रियताका लागि आवश्यक हुन्छ, उनले थपे ।

शाहीन छैटौँ नामक संयुक्त सैन्य अभ्यासलाई लिएर केही मुलुकले राखेको चासोप्रति चिनियाँ सेनाले सपष्टीकरण दिएको हो । चीनले पाकिस्तानसँग सेप्टेम्बर २७ देखि जे–११ युद्धक विमान, जेएच–७ फाइटर बम्बर केजे–२०० एडब्लूएसीएस विमान तथा स्थलसेनाको संयुक्त अभ्यास गर्दैछ ।

Loading...