ट्रम्पमाथि इरानका सर्वोच्च नेता खामेनीको कडा प्रहार

अमेरिकी बुद्धिजीवीले ट्रम्प राष्ट्रपति भएकोमा लाज मानिरहेको दावी

एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरोधी भनाइप्रति आलोचना गरेका छन् ।

अमेरिकी राष्ट्रपतिद्वारा इरानका बारेमा दिएको प्रतिक्रियालाई खामेनीले नालायक, मूर्ख तथा विल्कुल झुटो अभिव्यक्तिको संज्ञा दिएको इरानकोे प्रेस टिभीले जनाएको छ ।

अमेरिकामा भइरहेको संयुक्त राष्ट्रसंघको महासभामा ट्रम्पले इरानका विरुद्ध दिएको झुटो अभिव्यक्तिले अमेरिकाको प्रतिष्ठामा प्रश्नचिन्ह खडा गरेको बताए ।

अमेरिकी प्रबुद्धहरूले यस्ता व्यक्ति राष्ट्रपति भएकोमा लाज मान्नुपर्ने खामेनीले इरानका विज्ञहरूको सभालाई गरेको सम्बोधनमा बताए ।

Loading...