नाइटबसकाे डिक्कीभित्र २८ वटा मरेका खसीबाेका भेटिए

काठमाडौं, ५ असाेज । काठमाडाैै छिर्दै गरेकाे एक यात्रुवाहक बसमा २८ वटा मरेका खसीबाेका भेटिएका छन् । नेपालगञ्जबाट काठमाडाैं अाउँदै गरेकाे एउटा बसकाे डिकीभित्र राखिएका २८ वटा मरेका खसी प्रहरीले बरामद गरेकाे छ ।

छड्के चेकजाँचका लागि थानकाेट पुगेका पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले अाजै ती मरेका खसी भेटाएकाे हाे । नाका नाकामा पशुपन्छीको आयातको अवस्था अध्ययन गर्न निस्किएका मन्त्री थारु नेतृत्वको टोलीले अाज थानकाेट नाकामा अनुगमन गरेकाे थियाे । एक दिन मात्र अनुगमनमा जाँदा पनि यति ठूलाे संख्यामा मरेका खसी भेटिएपछि राजधानीमा ठूलाे मात्रामा मृत पशुपन्छि ल्याएर मासु बेेच्ने गरिएकाे अाशंका गरिएकाे छ ।

बसकाे डिक्कीभित्र मरेका खसीबाेकासँगै १३ वटा ज्युँदो खसीबोका पनि भेटिएको प्रहरीले जनाएकाे छ । खसी ल्याउने मानिसले भने ल्याउँदा ज्यूदै ल्याएकाे तर बाटाेमा मरेकाे बताएका छन । डिकीमा राखेर ल्याउँदा भित्रकाे तापक्रम असन्तुलन भएकाे र अक्सिजनको अभाव भएका कारण खसी मरेकाे हुन सक्ने अनुमान गरिएको छ ।

यसरी मेरका खसीलाई मासुपसलहरुमा बेच्ने गरिएको बताइन्छ । चाडपर्वमा मासुकाे खपत धेरै हुने भएका कारण यसरी नै ठूलाे मात्रामा मरेका पशुपन्छी अझे भित्रन सक्ने अनुमान गरिएकाे छ । नागढुंगासहित बिभिन्न नाकाहरुमा यसअघि पनि पटक-पटक यस्ता मरेका खसी बरामद भएका थिए ।

Loading...