उत्तरकोरियाले राष्ट्रसंघ महासभामै गएर भन्यो ‘ट्रम्पको अभिव्यक्ति कुकुर भुकाइ’

एजेन्सी । उत्तर कोरियाका उच्च कूटनीतिक अधिकारीले संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलार्इ ‘कुकुर भुकाई’को संज्ञा दिएका छन्।संयुक्त राष्ट्रसंघको महासभालाई बुधवार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र उसका सहयोगीलाई धम्की दिइरहे उत्तर कोरियालाई ‘पूर्णरुपमा ध्वस्त पार्ने’ चेतावनी दिएका थिए।

ट्रम्पको यस्तो चेतावनीपूर्ण भाषणप्रति पहिलो पतिक्रिया जनाउँदै उत्तर कोरियाका विदेशमन्त्री री ओङ होले यस्तो टिप्पणी गरेका हुन्। ‘एउटा भनाई छ: कुकुर भुके पनि जुलुस अघि बढ्छ,’संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूर्योक नजिकै संवाददाताहरुसँग रीले भने,‘यदि ट्रम्प कुकुर भुकाईले हामीलाई सरप्राइज गर्न चाहन्छन् भने उनले स्पष्टसँग सपना देखिरहेका छन्।’

उत्तर कोरियाका नेता किम जोन उनबारे बोल्दै ट्रम्पले संयुक्त राष्ट्रसंघमा भनेका थिए,‘रकेट म्यान’ आफै र उसको शासनलाई सिध्याउने घातक मिसनमा लागेका छन्। ट्रम्पले ‘रकेट म्यान’ भनेकोबारे बुझ्दा रीले भने,‘ उनका सहयोगीप्रति दुःख लागेको छ।’ रीले शुक्रवार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

विज्ञहरुले उत्तर कोरियाले अचम्म लाग्दो तरिकाले लामो दुरीको मिसाइल र आणविक कार्यक्रममा छिटो प्रगति गरेको बताएका छन् । उत्तर कोरियाले सेप्टेम्बर ३ मा ६ औं ठूलो आणविक परीक्षण गरेको थियो।

Loading...