कांग्रेस र राजपाका कार्यकर्ताबीच रौतहटमा ठूलो झडप । एकको मृत्यु

राैतहट, ५ असाेज । राैतहटमा दुर्इ राजनीतिक दलबीच झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का स्थानीय कार्यकर्ताबीच झडप हुँदा राजपाका कार्यकर्ताकाे मृत्यु भएकाे हाे ।

रौतहटको कटहरिया नगरपालिका–८ बलुवाटोलमा अाज बिहान  नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच उक्त झडप भएकाे हाे ।बिहीबार बिहान सामान्य विवाद भएकाे थियाे । साे विवाद लम्बिदै जाँदा भएकाे झडपमा परी राजपा नेपालका कार्यकर्ता ५० वर्षीय रामपुकार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कांग्रेसका कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा अनुठा राय यादव, झुठा यादव, बैजु यादव लगायत रहेका छन्।

Loading...