नेपाल टेलिकमले ल्यायो बोनसदेखि डाटामा भारी छुट योजना

काठमाडाैं । नेपाल टेलिकमले दशैंको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि छुट योजना ल्याएको छ। रिचार्ज बोनसदेखि डाटाहरुमा समेत छुटको घोषणा टेलिकमले गरेको छ।

टेलिकमका जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल प्रयोगकर्ताले रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म पचास, सय, दुइसय, पाँचयस र हजार रुपैयाको रिचार्ज गर्दा दश प्रतिशत बोनस उपलब्ध हुनेछ।

युट्युब डाटा प्याकेज अन्तर्गत भने एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युमको व्यवस्था छ। यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ। त्यस्तै ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिन सम्म प्रयोग गर्न मिल्ने छ। यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ।

जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ। यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने लयाएतका धेरै सुबिधाहरु रहेका छन्।

Loading...