एके–४७ राइफलका निर्माताकाे विशाल शालिक अनावरण

एजेन्सी । एके–४७ राइफलका अन्वेषक मिखाइल कालास्निकोवको सालिक रुसको राजधानी मस्कोमा अनावरण गरिएको छ। हालसम्म सबैभन्दा धेरै व्यक्तिको ज्यान लिएको विश्वास गरिने सो राइफलका निर्माताको सम्मानमा मस्कोको गार्डेन रिङमा उनको सालिक स्थापना गरिएको हो।

१३ फिट अग्लो बैठकमा राखिएको १६ फिट अग्लो सालिक राखिएको छ, जहाँ कालास्निकोव एके–४७ राइफल समातेर उभिएका देखिन्छन्।

‘मेरो पितृभूमिको रक्षाका लागि मैले हतियार बनाएँ,’ कालास्निकोवको भनाइ सालिकको तल लेखिएको छ। विश्वमा बनेका हतियारको पाँचौँ हिस्सा एके–४७ रहेको बताइन्छ । कालास्निकोवको मृत्यु सन् २०१३ मा ९४ वर्षको उमेरमा भएको थियो।

हतियार डिजाइनसम्बन्धी राष्ट्रव्यापी प्रतिस्पर्धा जितेपछि कालास्निकोवलाई स्तालिन पुरस्कार दिइएको थियो। सो हतियारको पहिलो नमूना १९४७ मा उत्पादन गरिएको थियो। त्यसयता त्यसका अनेकौँ परिवर्तित रुप उत्पादन भइसकेका छन्।

Loading...