पहाडी जिल्ला बझाङमा क्षेत्रीय भलिबल प्रतियोगिता हुने

काठमाडौँ, २ असाेज । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा भलिवल खेलकाे बृहत प्रतियाेगिता हुने भएकाे छ । जिल्लाका समाजसेवी तथा शिक्षिक स्व. आनन्द ब. सिंह, हर्क ब. कुँवर, नरेन्द्र ब. सिंहको सम्झनामा ANH स्मृति क्लबले महान चाड वडा दसैँ तथा तिहारको अवसर पारेर खुल्ला भलिबल प्रतियोगिता अायाेजना गरेकाे हाे । याे प्रतियाेगिता जिल्लाको बुलुङ नगरपालिका- ४ कफल सेरि मा.बि.मा हुने भएको छ।

यस क्षेेत्रमा भलिबल खेलप्रतिकाे बढ्दाे आकर्षण रहेकाले साेही खेलकाे प्रतियाेगिता गराउन लागेकाे क्लबले जनाएकाे छ । आगन्तुक खेलप्रेमी र युवामा भलिवल खेलकाे भविष्य उज्वल हुनसक्ने भएका कारण प्रतियोगिता आयोजन गर्न लागेको क्लबका सस्थापक नविन कार्कीले बताए ।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने टाेलीलार्इ क्रमश: ५०,०००, ३०,०००, २०,००० नगद पुरस्कार दिइने बताइएकाे छ । साथै उत्कृष्ट खेलाडीलाई ५,००० पुरस्कार दिइने छ । त्यसैगरी विजेताले शिल्ड, प्रमाण पत्र पनि पाउनेछन् । प्रतियोगिता आउदो असाेज १७ देखि २१ सम्म हुने अायाेजकले जनाएकाे छ । 

Loading...