इञ्जिनियर ढुङ्गानालाई नेकपाका कार्यकर्ताहरुले गरे कारवाही

चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रत्ननगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर प्रकाश ढुङ्गानालाई कालोमोसो दलेको छ ।

आइतबार नेकपाका कार्यकर्ताहरुले ढुङ्गानालाई कार्यकक्षमै पुगेर कालोमोसो दल्नुका साथै जुत्ताको मालासमेत लगाइदिएका हुन् ।

ढुङ्गानालाई कालोमोसो दल्नुको ६ कारणहरु खुलाइएको पर्चा कार्यालय परिसरमा भेटिएको छ ।

 

१. परियोजना र संस्थामा बजेट पारिदिने नाममा कमिशन खाने गरेको, २. घरजग्गा र बाटोको सिफारिस गरे बापत सेवाग्राहीबाट कमिशन लिने गरेको, ३. नयाँ प्लटिङ्ममा बाटो सिफारिस गरेबापत कमिशन लिने गरेको, ४. घोल र ऐलानी जमिनलाई भू–माफियासँग मिलेर जग्गा दलालको नाममा नामसारी गरेको, ५. नहर र कुलोको जग्गालाई भू–माफियासँग मिलेर चक्लाबन्दी प्लटिङ् गर्न भूमिका निभाएको, यसबापत कमिशन लिने गरेको र ६. बिदाको दिन सरकारी सवारीसाधन प्रयोग गरी भू–माफियासँग मिलेर सुकुम्बासी बस्तीलाई यो जग्गा छोड भनी आतंकित पारेको’ पर्चामा उल्लेख छ ।

नेकपाले भदौदेखि कार्तिक महिनासम्म जनजागरण तथा प्रतिरोध अभियान चलाइरहेको छ ।

Loading...