नायक सलमानले पाए बेलायतको ग्लोबल डायभर्सिटी अवार्ड

बलिउडका चर्चित नायक सलमान खानले ‘ग्लोबल डायभर्सिटी अवार्ड पाएका छन । उनलार्इ  बेलायती संसदमा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको हाे।

चलचित्र निर्माण, अभिनय र समाजसेवाका माध्यमबाट पुर्याएको योगदानको कदरस्वरुप याे सम्मान गरिएको बताइएको छ । बेलायती संसदमा लामो समयदेखि सांसद रहेका भारतीय मूलका कीथ वाजले सलमानलाई पुरस्कार प्रदान गरे ।

सलमानलार्इ पुरस्कार प्रदान गर्दै बेलायती सांसद वाजले भने, “सलमान खान विश्वभरका लाखौँ मानिसबीच अभिनय गर्ने मोडेल तथा नायक हुनुहुन्छ। भारतीय सिनेमा जगतमा त उहाँ एक सफल व्यक्तित्व हुनुहुन्छ नै यस बाहेक उहाँ एक प्रसिद्ध समाजसेवी पनि हुनुहुन् ।”

सलमानकाे अझै प्रशंसा गर्दै सांसद बाजले भनेका छन्, ‘सलमानको एक गैरसरकारी संस्था ‘विइङ ह्युमन’ ले भारतीय गरीब जनताको जीवन परिवर्तनमा उल्लेखनीय भूमिका रहेको छ । यो सम्मान उहाँलाई दिन पाउँदा म एकदमै खुशी भएको छु।’

पुरस्कार गरेपछि सलमानले खुशी व्यक्त गरे, ‘मेरा पिताजीले कहिल्यै पनि मैले यो पुरस्कार लिन पाँउला भन्ने सोच्नु भएको थिएन तर मैले यो सम्मान पाएको छु। म अत्यन्तै खुशी छु। म यस अवसरमा सवै प्रशंसकलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। ’

यो पुरस्कारबाट वलिउड अभिनेता अमिताभ वच्चन, ऐश्वर्या राय, चिनियाँ एक्सन आइकन जैकी चान, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, अमेरिकी मानव अधिकारकर्मी जैकी जेक्सन  लगायत यसअघि नै सम्मानित भइसकेका छन्।

Loading...