पत्रकारको रोहवरमा थवाङ गाउँपालिका अध्यक्ष घर्ती मुक्त

रोल्पा, १ असोज । नेपाल कम्युनिष्ट पार्टीको नियन्त्रणमा लिइएका थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीलार्इ मुक्त गरेकाे छ । सुरक्षाकर्मीले हवाइ र पैदल गस्ती गरेर व्यापक रुपमा खाेजि गरे पनि घर्तीलार्इ नेकपाले राेल्पाका पत्रकारहरुलार्इ बाेलाएर नियन्त्रण मुक्त गरेकाे हाे ।

राेल्पाका पत्रकारद्वय काशीराम डाँगी र खेम बुढाकाे राेहबर घर्तीलार्इ नेकपा राेल्पाले मुक्त गरेकाे बताइएकाे छ । घर्तीलार्इ भदाै २९ गते नेकपाले राेल्पाकाे थवाङबाट नियन्त्रणमा लिएकाे थियाे । उनलार्इ राेल्पाकै भनभनेबाट मुक्त गरिएकाे बताइएकाे छ । पत्रकार काशीराम डाँगीले अाफूहरुलार्इ फोन गरेर बाेलाएकाे र थबाङ गाउँपालिकाका प्रमुखलाई आफुहरुको रोहवरमा मुक्त गरिएकाे बताए ।

थवाङ गाउँपालिकाकाे प्रथम गाउँ सभाकाे उद्घाटनका लागि नेकपा (माअाेवादी केन्द्र) का अध्यक्ष प्रचण्ड थवाङ पुग्ने भएपछि नेकपाले घर्तीलार्इ नियन्त्रणमा लिएकाे थियाे । प्रचण्डले अध्यक्ष घर्ती विना नै गाउँसभाकाे उद्घाटन गरेका थिए । थबाङ गाउँपालिकाको प्रथम गाउँसभा अध्यक्ष घर्तीको उपस्थितिविना नै सम्पन्न भएको छ। अध्यक्ष घर्तीकाे अनुपस्थिति भएपछि उपाध्यक्ष रामकिरणी रोकामगरले गाउँसभाको अध्यक्षता गरेकाे बताइएकाे छ ।

Loading...