ओपनर सन्दिप र आसिफ चम्केपछि मलेसियामाथि नेपालकाे फराकिलो जीत

काठमाडाैं । नेपालले मलेसियामाथि फराकिलाे जित निकालेकाे छ । यससँगै नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाली ओपनरद्वय सन्दिप सुनार र आसिफ सेख चम्केपछि फराकिलो जीत निकाल्न सफल भएकाे हाे । नेपालकाे जितमा ओपनरद्वय सन्दिप र आसिफले १ सय २५ रनको साझेदारी गरेका थिए । जसबाट नेपालले १० विकेटको सहज जीत हात पारेको हो ।

१ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले २३.१ ओभरमा विना कुनै विकेटको क्षतिमा लक्ष्य भेट्टायो। सन्दिपले ५१ रन बनाए। ७७ बलको सामना गरेका उनले ८ चौका प्रहार गरे। त्यस्तै आसिफले ५० रन जोडे। ६५ बलको सामना गरेका उनले ८ चौका र १ छक्का प्रहार गरे।

यसअघि टस हारेर ब्याटिङ उत्रिएको मलेसियाले ४२ ओभरमासवै विकेट गुमाएर १ सय २१ रन बनाएको थियो। उसका लागि नलिन दि सिल्भाले सर्वाधिक ३९ रन जोडे। ९३ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै विरनदिप जगजित सिंहले २५, मोहम्मद शाहरेल अजितले १६ र अमर जुदिनले १४ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिएका थिए भनेन पवन सर्राफले २ तथा रोहितकुमार पोडेल, शाहब आलम र सन्दिप लामिछानेले समान १ विकेट लिए।

नेपालले उपाधिका लागि सिंगापुर र हङ्गकङ्गमध्ये एक टिमसँग खेल्नेछ । दोश्रो सेमिफाइनलमा यी दुई टीम पनि अहिले खेलिरहेका छन् ।

Loading...