एनआरएनए अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

एनअारएन र देश निर्माण गर्ने यस्ता छन भवन भट्टका याेजना

काठमाडौं, ३१ भदाै । गैर अावासीय नेपाली संघ (एनअारएनए) काे अध्यक्ष पदमा भवन भट्टले अाफ्नाे उम्मेदवारी घाेषणा गरेका छन् । काठमाडाैंकाे दरवारमार्गमा रहेकाे पाँच तारे हाेटेलमा पत्रकार सम्मेलनमार्फत भट्टले अाठाै विश्व सम्मेलनका लागि अाफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन् ।

दुर्इ कार्यकाल कार्यकाल एनअारएनएकाे उपाध्यक्षकाे भएर भूमिका खेलेका भट्टले अाफू अध्यक्ष बने एनअारएनमा उठान गर्ने एजेण्डाहरु पनि सार्वजनिक गरेका छन् । पत्रकारहरुकाे ठूलाे उपस्थिति रहेकाे उम्मेदवारी घाेषणा कार्यक्रममा भट्टले अाफ्नाे विस्तृत मार्गचित्र भने पछि सार्वजनिक गर्ने बताए । दुर्इ पेजकाे छाेटाे लिखित मन्तव्य प्रस्तुत गरेका भट्टले अाफूलार्इ सम्पूर्ण एनअारएनएका अभियन्ताहरुकाे साथ रहने विश्वास व्यक्त गरे । उनकाे लिखित मन्तव्यमा एनअारएनएले अहिलेसम्म अगाडि सारेका कार्ययाेजनाहरुलार्इ निरन्तरता दिनुका साथै त्यसमा अाफ्ना केही नयाँ कार्यक्रम पनि हुने उल्लेख छ ।

जसमा लाप्राक नमूना वस्ती निर्माण, एनअारएनए भवन निर्माण, भिजन २०-२० एन्ड वियाेन्ड, अतिथि देवाे भव:, सामुहिक लगानीका परियाेजनाहरुकाे निर्माण, वैदेशिक राेजगार काेषकाे विस्तार जस्ता याेजनाहरुलार्इ निरन्तरता दिने उल्लेख छ । त्यस्तै एनअारएनएले अाफ्नाे नेतृत्व पाएमा वैदेशिक राेजगारी अापतकालीन काेषकाे सदुपयाेग, वैदेशिक राेजगारीमा रहेका सबै एनअारएनहरुकाे बिमा गर्ने, एनअारएएमा महिला फाेरमलार्इ सशक्त बनाउने, स्टार्ट अप फन्डकाे व्यवस्था गर्ने, स्मार्ट एनअारए बनाउने, हरेक एनसीसीमा एक विशेषा परियाेजना सञ्चालन गर्ने जस्ता अाफ्ना थप कार्यक्रम सुरु गर्ने उनले बताए । उनले लाप्राकमा सुरु भएकाे वस्ती निर्माण कार्य पूरा भए लगत्तै दाेलखा र सिन्धुपाल्चाेकमा पनि काम सुरु गर्ने याेजना रहेकाे बताए ।

भट्ट एनआरएनएकाे स्थापनाकालदेखि नै याे अभियानमा सहभागी भएका थिए । उनी एनअारएन जापानको अध्यक्ष तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष हुँदै दुर्इ कार्यकाल उपाध्यक्ष भइसकेका छन् ।

 

Loading...