एनआरएनएको अध्यक्ष पदमा भवन भट्टको उम्मेद्बारी घोषणा

गैर आवासिय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि भवन भट्टले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन मार्फत भट्टले उमेद्वारीको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा भट्टले विभिन्न प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । 

वैदेशिक रोजगारी आपत्कालिन कोषलाई सदुपयोग गरी गैर आवासीय नेपाली संघमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बीमा गरिने,महिला फोरमलाई सशक्त बनाइने छ ,स्टार्ट अप फन्डको व्यवस्था गरिने,स्मार्ट एनआरएन बनाउने, सामाजिक उद्यमशीतालाई प्रवद्र्धन गरी महिला तथा युवाको सहभागिता वृद्धि गरिने लगायत घोषणा भट्टले गरेका छन् । 
एनआरएनएले हाल गरिरहेका कार्यक्रमलाई पनि थप निरन्तरता दिने उनले घोषणा गरे । गैरआवासीय नेपाली संघले अहिलेसम्म लिएका निर्णयहरु र पूरा हुन बाँकी कार्यहरु जस्तै लाप्राक नमुना वस्ती, एनआरएनए भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना निर्माण, वैदेशिक रोजगार कोषको विस्तार जस्ता कार्यक्रमहरुलाई पुर्ण रुपमा निरन्तरता दिदै अघि बढ्ने उनले बताए ।

 

Loading...