होम बटन विनाको आइफोन १० : स्मार्टफोनको नयाँ युग सुरुवात

एजेन्सी । एप्पलले अाइफाेनकाे एक दशक यात्रापछि नयाँ प्रविधि र नयाँ डिजाइनमा नयाँ सिरिज सार्वजनिक गरेकाे छ । अाइफाेन निर्माणकाे यात्राले एक दशक पूरा गरेकाे अवसरमा एप्पलले नयाँ प्रविधि र डिजाइनमा सार्वजनिक गरेकाे अाइफाेन १० ले स्मार्टफोनको दुनियाँमा नयाँ युगको सुरुवात गरेको बताइएको छ।

याे हालसम्मकै सबैभन्दा महंगो स्मार्टफाेन भएकाे छ । होम बटनबिनाको एज टु एज डिस्प्ले रहेको यो फोनको मूल्य अमेरिकामा ९९९ डलर राखिएको छ । यसमा होम बटन हटाएर फेस आइडी नामको सफ्टवेयर प्रयोग गरिएको छ। फेस आइडी फोन अनलक गर्न प्रयोग हुन्छ। यस फोनमा ओएलइडी नामक स्क्रिन टेक्नोलोजी प्रयोग गरिएको छ। अन्य आइफोनभन्दा महंगो भए पनि आइफोन १० ले स्मार्टफोनको दुनियाँमा नयाँ युगको सुरुवात गरेको एप्पल अाफैले पनि दावी गरेकाे छ । एप्पलका कार्यकारी प्रमुख टिम कुकले यो स्मार्टफोनले अर्को दशकका लागि मार्ग निर्देशन गर्ने बताएका छन्।

यससँगै एप्पलले अल ग्लास डिजाइन भएको आइफोन ८ र आइफोन ८ प्लस पनि सार्वजनिक गरेको छ। यी फोनहरु वायरलेस चार्ज गर्न सकिन्छ। त्यसैगरी एप्पलले थर्ड जेनेरेसन घडी र एप्पल टिभी पनि सार्वजनिक गरेको छ।

यस्ताे छ अाइफाेन १० 

 

Loading...